३ नम्बर प्रदेशको प्रथम बैठकमा जे देखियो …

तु खबर संवाददाता
२०७४ माघ १८, बिहीबार १७:१६
file photo

बलराम पुडासैनी
मकवानपुर १८ माघ । प्रदेश नम्बर ३ को प्रथम बैठक आज (बिहिबार) प्रदेशको अस्थायी राजधानी हेटौंडामा दिउँसो १ बजे सुरु भयो । मुलुक संघियतामा गएपछि प्रदेशसभा सदस्यहरु प्रथम पटक बैठकमा समावेश भएका थिए । सबैमा नयाँ उत्साह र जोसिलो भावना देखिन्थ्यो । प्रदेशका १३ वटा जिल्लाका १ सय १० जना प्रदेशसभा सदस्यहरु उपस्थित भएको बैठकमा सभामुख डोरमणी पौडेल ड्यासमा बसेपछिमात्र अन्य प्रदेशसभा सदस्यहरु बसे । अग्र स्थानमा बसेका सभामुखको आदेश अनुसार बैठक अघि बढ्दै गयो ।

सुरुवातमा नेपालको राष्ट्रिय गान बजाएर राष्ट्रलाई सम्झिएर सुरु गरीयो, त्यसपश्चात सहिदहरुको सम्झनामा मौनधारण गरियो । सभाहलमा ,माननियहरु, कर्मचारी ,मर्यादापालक र पत्रकारहरु व्यवस्थित रुपमा बसेका थिए । अडियो भिडियो पत्रकारका लागि बाहिर मिडिया सेन्टरको व्यवस्था गरिएको थियो, भने केहि पत्रकारको लागि संसद भवन भित्रैबाट रिपोटिङ् गर्न मिल्ने व्यवस्था गरिएको थियो ।
सभाको बैठकमा सभामुख पौडेलको आदेश अनुसार राजनीतिक दलका ८ जना प्रदेशसभा सदस्यहरुले सभालाई क्रमश सम्बोद्धन गरे ।

राजधानीको लागि हेटौंडा उपयुक्त छ
सम्बोद्धन गर्ने क्रममा सुरुवातमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले प्रदेशको राजधानी हेटौंडा उपयुक्त रहेको बताईन् । मकवानपुर भौतिक  र संरचनात्मक दृष्टीकोणमा राजधानीको लागि उपयुक्त रहेको उनको धारणा थियो । साथै अब मुलुकमा सहमतिको राजनीतिकबाट मात्रै मुलुक समृद्ध बन्ने उनले बताईन् ।

नेताहरुकै कारण जनताले नेतालाई हेर्ने दृष्टीकोणमा गिरावट आयो ।

नेकपा माओवादी केन्द्रका संसदिय दलका नेता सालिकराम जम्मरकट्टेलले समाजको अभिव्यक्ति अनुसारको राजनीति नभएको बताए । राजनीतिक दलका बिगतको कार्यहरुले जनताको राजनीति प्रतिको दृष्टीकोणमा गिरावट आएको उनको धारणा थियो । उनले प्रदेशलाई नमुना प्रदेश बनाउने प्रण समेत गरे ।

उपयुक्त छ भने अल्पमतको पनि कदर हुनुपर्छ राजधानी हेटौंडानै हुनुपर्छ ।

सभालाई सम्बोद्धन गर्दै नेपाली काँग्रेसको तर्फबाट प्रदेश सदस्य ईन्द्रबहादुर बाँनियाले मकवानपुरलाई नै प्रदेशको राजधानी बनाउनुपर्ने अडान राखे । नेपाल सरकार र मन्त्री परिषदलाई प्रदेशको अस्थायी राजधानी हेटौंडालाई बनाएकोमा धन्यवाद दिँदै अब हेटौंडालाईनै स्थायी बनाउनको लागि सबैको पहल रहनुपर्ने बताए । काठमाण्डौ बाट हेटौंडा ४० मिनेटमा आउन जान सक्ने द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनाले लिईसकेको कारण अब भौगोलिक दृष्टीकोण्ले समेत मकवानपुर उपयुक्त रहेको उनको दाबी छ ।
स्व गिरिजा प्रसाद कोइरालाले नेपालमा गणतन्त्रको घोषणा गरेको स्मरण समेत गरे । हालका प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा ३ तहको निर्वाचन सम्पन्न गराई मुलुकलाई ठुलो क्षतिहुन बाट रोकेको बताए । मकवानपुर प्रदेशको राजधानी बनाउनको लागि व्यवहारिक र बैज्ञानिक रुपमा उपयुक्त रहेकोले नेपाली काँग्रेस सदैव त्यसको लागि लागि परिरहने बताए ।
उनले गणतन्त्रमा बहुमतको शासन भएपनि अल्पमतको सुहाउदो धारणाको कदर गर्नुपर्ने बताए ।

प्रभावकारी राजनितिक अभ्यास नहुँदा मुलुकको समृद्धीनै जोखिममा
विकेकशिल साझा पार्टीका रमेश पौडेलले विकास र समृद्धी आवश्यक मात्रामा भईनसकेको तितो यथार्थ सम्झदैं समावेशी र समानुपातिक प्रणालीले मात्र मुलुकको विकास गर्न सक्ने बताए । मुलुकको १४ प्रतिशत मुगोल भएको यस प्रदेश प्राकृतिक र पर्यटकीय रुपमा समेत निकै राम्रो भएकोले प्रदेशको विकासमा सबैले ध्यानदिनुपर्ने बताए । प्रणाली पारदर्शिता र प्रभावकारीतामा रहेर सुसंस्कृत राजनीतिको अभ्यास हुन नसक्दा हाल मुलुकको विकासमा अवरोध आएको उनको धारणा थियो ।

दलगत र जातिय स्वार्थ त्याग्नुपर्छ ।
नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र घोषेले सन्तुलित विकास गर्नुपर्ने बताए । जातिय स्वार्थ दलगत विवादका कारण विकास रोकिएको उनको तर्क थियो । संघियताको प्राथमिक पाठसालामा आफुहरु रहेको बताउँदै अन्य देशहरुको सकारात्मक शिक्षा लिई मुलुकको विकासको लागि लाग्नु पर्ने उनको धारणा थियो ।
साथै समृद्धीको नाममा दलका नेताहरुले जनतालाई ठगीखाने भाडाँे बनाएको उनले आरोप लगाए ।

काम नगर्ने सांसद कुर्सीमा बसीरहनु मुलुकलाई दोहन गर्नु जस्तै हो
राप्रपा प्रजातान्त्रीक पार्टीकी रिणा गुरुङ्ले मुलुकमा सांसद धेरै भएको कारण जनताको बुझाईमा परिवर्तन नआएको बताईन् । आफुहरुले अब पनि काम नगरे जनताले फेरीपनि आफुहरुलाई विस्वास नगर्ने बताईन् । काम गर्न नसके राज्यलाई दोहन मात्र गरेर पद ओगटेर बस्न नहुने उनको धारणा थियो ।

महिला विकासको लागि डटेर लाग्छु 
माझी समुदायकी एकमात्र सांसद रिता माझीले राप्रपाको तर्फबाट सभालाई सम्बोद्धन गर्दै पार्टीले आफुलाई अधि बढ्ने अवसर दिएकोमा खुसी लागेको बताईन् । समाज परिवर्तन हुँदै विस्तारै सबैले अवसर पाउने उनको धारणा थियो । उनले आफुले महिलाको उत्थान र विकासको लागि आफ्नो विषेश पहल रहने उनले दाबी गरीन् ।

सङ्घीयता बिरुद्ध लाग्ने शक्तिहरु थुप्रै छन्

नयाँ शक्ति पार्टीको तर्फबाट सांसद प्रेमबहादुर तामाङ्ले सङ्घीयताका बिरुद लाग्ने शक्तिहरु भएकोले आफुहरु सजक भएर अधि बढ्नुपर्ने बताए । ३ नम्वर प्रदेशको सरकार छिटै बनेर स्वाधिन राष्ट्र बनाउन आफुहरु लाग्नु पर्ने उनले बताए ।

दलका प्रतिनिधिहरुको सभालाई सम्बोद्धन गर्ने क्रम सकिएपछि सभामुखले ३० दफा र ४ अनुसुचि भएको कार्यविधि पारित गर्नको लागि अनुरोध गरे असहमती जनाउने सदस्य नभएको कारण उक्त कार्यविधि पारित समेत भएको निणर्य सभामुखले गरे ।

साथै सभामुखले सभामुख र उपसभामुख नभएको अवस्थामा प्रदेशसभा संचालनको लागि ४ जना सदस्यहरुलाई मनोनित गरे । जसमा रामेश्वर फुयाँल, सोभा साक्य ,घनस्याम दाहाल ,र गिता गुरुङ् रहेका छन् ।
अर्को बैठकको मिति माघको २७ गते बस्ने निणर्यगरी सभामुख उठेपछि मात्र सबै सांसद र अन्य संसद भवन बाट बाहिर निस्किए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*