माननिय र जनताको एउटै माग : स्थायी राजधानी चाहियो
बलराम पुडासैनी
मकवानपुर १९ माघ । मुलुकमा ३ तहको निर्वाचन सम्पन्न भई प्रदेश र पनि तोकिसकिएको छ । ३ नम्वर प्रदेशको अस्थायी राजधानी हेटौंडालाई तोकिएको छ । मन्त्रीपरिषदको निणर्यले हेटौंडालाई प्रदेशको राजधानी तोकेको हो । तर स्थायी राजधानी हेटौंडानै होलाकी नहोला भन्ने बिषय आम जनातामा चासोको बिषय बनेको छ । यस बिषयमा मकवानपुरका माननिय, बुद्धिजिवि ,पत्रकार साथै आम सर्वसाधारणले यस बिषयलाई खुबै चासोको रुपमा लिएका छन् । स्थायी राजधानी प्रदेशसभाको बैठकले तोक्ने छ । यस बिषयलाई लिएर मकवानपुरेहरुले आफ्नो धारणा सामाजिक सञ्जाल मार्फत सार्वजनिक पनि गरेका छन् ।
मकवानपुरका माननिय ईन्द्र बहादुर बानिँया हरेक सभालाई सम्बोद्धन गर्न जाँदा हेटौंडानै प्रदेशको स्थायी राजधानी हुनु पर्ने अडान राख्छन् । माओवादी केन्द्रबाट भर्खरै प्रदेशसभा सदस्य बनेका प्रेमबहादुर पुलामी छिन्तुले तु खबर संग मकवानपुरलाई नै उपयुक्त ठानेको दाबी गरेका छन् । प्रदेशसभाको प्रथम बैठकमा पनि यसबिषयमा शिर्षदलका नेताहरुले हेटौंडालाई नै सहमती जनाईसकेका छन् ।
नेकपा एमालेकी अष्टलक्ष्मी साक्यले प्रदेशसभाको पहिलो बैठकमै राजधानीको लागि हेटौंडा उपयुक्त रहेको बताएकी छिन् ।
नेपाली काँग्रेका नगरसभापति आनन्दराम पराजुलीले पनि तु खबरसंग हेटौंडा प्रदेशको राजधानीको लागि मकवानुर उपयुक्त रहेको बताए । सरकारले हेटौंडाको व्यवसायी र जनतालाई उचित व्यवस्थापनको साथ सडक विस्तार चै गर्नुपर्ने पनि धारणा पराजुली राख्छन् ।
माओवादी केन्द्र मकवानपुरका संचार विभाग प्रमुख कमान सिं पाख्रिनले हेटौंडा स्थायी राजधानिको लागी आवश्यक तर्क सहित हेटौंडा नै प्रदेशको राजधानी हुनुपर्ने आफ्नो अडान रहेको दाबी गर्छन् । मकवानपुरका अधिकाँश सर्वसाधारणहरु पनि यहि धारणा राख्छन् । मुलुकको १४ प्रतिशत भुभाग ओगटेको प्रदेश नम्वर ३ को राजधानी बनाउन ,हेटौंडा भौतिक संरचनाको दृष्टिकोणले पनि उपयुक्त रहेको सर्वसाधारणहरुको पनि धारणा छ ।
प्रदेशका बाह्य जिल्लाका केहि माननियहरुको भने मकवानपुर सबैलाई पाएक नपरेको भन्ने गुनासो गरेका छन् भने केहिले मकवानपुरलाईनै समर्थन गर्ने जनाएका छन् ।
