मकवानपुर बहुमुखी क्याम्पस स्तरीय एकल गायनमा ५ जना छनौट
हेटौँडा, १८ माघ । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिक उत्सवका अवसरमा स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुममुखी क्याम्पसले आयोजना गरेको सप्ताहब्यापी कार्याक्रम अन्तरगत क्याम्पस स्तरिय एकल गायन प्रतियोगिताको अडिसन बिहिबार सम्पन्न भएको छ ।
अडिसनमा क्याम्पसमा अध्ययनरत २८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । अडिसनबाट सहभागि २८ जनामध्ये उत्कृष्ट ५ जनालाई छनौट गरी फाईनल राउण्डमा प्रवेश गराईएको कार्यक्रम संयोजक स्ववियु सदस्य आशिस अस्लामी मगरले जानकारी दिएका छन् ।
अडिसनबाट सपना लामा,सुमन नेपाली,प्रेमलाल बैठा,अप्सरा दुलाल र आकास लामा अन्तिम राउण्डका लागि छनौट भएका हुन् । अडिसनमा संगितकार ईश्वर खड्का र ज्ञानु थापाले निर्णायकको भूमिका निभाएका थिए । छनौट भएका ५ जनाले कार्यक्रमको अन्तिम दिन माघ २८ गते फाईनलमा प्रतिस्पर्धा गर्ने र त्यहीबाटनै प्रथम, द्वित्तिय र तृतियको छनौट गरी पुरुस्कार बितरण गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा स्ववियु अध्यक्ष कुमार बहादुर केसी,सचिव आकास अधिकारी,सह सचिब शुभराज भोम्जन लगाएतको उपस्थिति रहेको थियो ।
