मकवानपुरको भार्तामा माघ २७ गते वृहत ल्होछार कार्यक्रम हुने

तु खबर संवाददाता
२०७४ माघ १९, शुक्रबार १२:१९

मकवानपुर, १९ माघ । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ भार्तामा यही माघ २७ गते २८५४ औँ खी/नागी ल्हो (कुकुर वर्ग) ल्होछार विशेष वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।े

२७ गते बिहानैबाट सामुहिक पुजापाठ गरि ल्होग्यर फाल्ने, गाउँको सबैलाई दाज्र्यु वितरण गर्ने आयोजकले जनाएको छ । त्यस्तै ११ बजेबाट शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक काय्र्रक्रम हुनेछ । साँस्कृतिक कार्यक्रममा चर्चित सेलो पप गायक रोज मोक्तान, अविराम मोक्तान, सुन्दर लामा, रामचन्द्र स्याङ्बो, बिरजित लामा, गँगा पाख्रिन, लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहने प्रचारप्रसार संयोजक रबिन्द्र तामाङले बताए । साथै स्थानीय कलाकारहरुको नृत्य र लामा बोन्पोको झाँकी समेत साँस्कृतिक कार्यक्रममा देखाईनेछ ।

साबिक भार्ता गाविस हाल कैलाश ७ र ८ वडामा तामाङ समुदायबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, एसइइ परीक्षामा उतिर्ण हुने बिद्यार्थी र पहिलो पटक घरमा ल्होछार मनाउने अग्रज व्यक्तिहरुलाइ सम्मान गर्ने कार्यक्रम समेत रहेको संयोजक बलराम मोक्तानले बताए ।

त्यस्तै ल्होछारकै अवसरमा भार्तामा पहिलो चरणमा स्थानीय युवाहरुको सक्रियतामा अन्तरक्रिया कार्यक्रम समेत गरिसकिएको छ । कैलाश गाउँपलिकाको अध्यक्ष टंक मोक्तानको प्रमुख आतिथ्यता तथा कार्यक्रम संयोजक बलराम मोक्तानको अध्यक्षतामा कार्यक्रम भएको हो । स्थानीय ४० जनाको उपस्थिति रहेको सो कार्यक्रममा ल्हो परम्परा र अहिले ल्होछार सम्बधि भैरहेको बिवादित विषयमा छलफल भएको थियो । कार्यक्रममा नेपाल तामाङ घेदुङ मकवानपुरको अध्यक्ष लिलाकुमार घलान, घेदुङका पूर्वअध्यक्ष मेम्बर लो, कैलाश–७ का अध्यक्ष उदास कुमार ब्लोन, कैलाश–८ का अध्यक्ष सुर्ज बहादुर थिङ लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*