समाचार

सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै बेहुलीलाई दान गरेको सिन्दूर पोते फिर्ता

झापा, ६ चैत । दुई साताअघि अग्निलाई साक्षी राख्दै बेहुलीको सिउँदो भर्दै सिन्दूरदान गरेका बेहुलाले दान गरेको सिन्दूर फिर्ता पाएका छन् । जग्गेमा सातफेरो घुमेर सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै बेहुलीको सिउँदो भरेर सिन्दूर दान गरेका बुद्धशान्ति गाउँपालिका–१ निवासी २९ वर्षीय राकेश रेग्मीले बेहुलीलाई दान गरेको सिन्दूर पोते...

प्रदेश ३ का सामाजिक विकास मन्त्री दुलालले यसरी गाए प्रचण्ड र गिरिजाको गुणगान

चितवन, ६ चैत । प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले पुष्पकमल दाहाल प्रचण्ड र स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सकारात्मक सोचले गर्दा नै आजको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् । चितवनको भरतपुरमा आज आयोजित ‘समाज रुपान्तरणका लागि सकारात्मक सोच’ विषयक प्रवचन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश मन्त्री...

वनलाई उद्योगका रुपमा स्थापित गर्न वनमन्त्रीको जोड

चितवन, ६ चैत । प्रदेश नम्म ३ का उद्योग पर्यटन तथा वनमन्त्री अरुण नेपालले वनलाई उद्योगको रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । नेपाल वन पैदावर उद्योग व्यावसायी महासंघको प्रथम साधारण सभामा बोल्दै मन्त्री नेपालले वनलाई उद्योगको रुपमा स्थापित गर्न आवश्यक रहेको औंलाउँदै सम्पन्नशाली देश हुनका लागी जनता पनि सम्पन्न...

टेम्पो हटेपछि अटो भाडा समायोजनको नाममा यात्रु नै ठगिए

-चन्द्र घलान मकवानपुर, ६ चैत । सरकारले २० वर्ष पुराना सवारीहरुलाई यही चैत १ गतेदेखि हटाएपछि अहिले देशभरका जनताहरु मारमा परेका छन् । अझ यसको प्रभाव उपत्यका र ठूला सहरमाभन्दा पनि भर्खरै विकसित हुँदै गरेका बजार र ग्रामिण क्षेत्रमा बढी देखिएको छ । मकवानपुरको हेटौँडा बजार क्षेत्र र नजिकका...

के कारणले धावनमार्गमा जोतियो बंगला विमान ?

काठमाडौं, ६ चैत । दुर्घटना आफैमा एउटा दुःखद् संयोग हो । अनपेक्षित धेरै कुराको संयोगबाट कुनै पनि राम्रो वा नराम्रा घटनाहरु हुने गर्दछन् । गत साताको सोमबार काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तै एउटा दुःखद् संयोगका कारण बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि आएको युएस बंगला जहाज अतवरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

टाउको काटेर झुण्ड्याउने अदालतको आदेशपछि साउदीको कारागारबाट छोराको बिलौना–‘ घर आउँछु आमा ७० लाख चाहियो’

धनुषा, ६ चैत । १२ वर्षदेखि सउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, “म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।” १०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न फोनमा । सउदी अरेबिया अदालतले टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन...

नक्कली स्टिकर छाप्ने भारतीय कम्पनी छानविनको दायरामा, होला त कारवाही ?

वीरगञ्ज,६ चैत । मदिराको बिर्काेमा टाँस्ने राजश्वको नक्कली स्टिकर छाप्ने भारत कलकत्ताको एक कम्पनीलाई छानविनको दायरामा ल्याउने प्रयास भइरहेको आन्तरिक राजश्व कार्यालय वीरगञ्ज पर्साले जनाएको छ । नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका व्यक्तिसँग विभिन्न चरणमा थप बयान लिने काम भइरहेको भन्दै प्रमुख कर अधिकृत गोपीकृष्ण कोइरालाले रासससँग भन्नुभयो, “नक्कली...

श्रीमानको कुटाईबाट मृत्यू भएकी महिलाको शव चिताबाटै बरामद

रौतहट, ६ चैत । प्रहरीले एक चितामा जलाउनै लागिएको महिलाको शव बरामद गरेको छ । श्रीमान्को कुुटाइबाट मृत्युु भएकी महिलाको शवका साथै दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ जलाउन गएका चार आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिलाका श्रीमान् कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार...

नारायणगढ–मुग्लिन सडक ३३ किलोमिटर मध्ये २४ किलोमिटर कालोपत्रे

चितवन, ६ चैत । राजधानी काठमाडौँसँग तराई जोड्ने लाइफलाइनका रुपमा रहेको नारायणगढ–मुग्लिन सडक विस्तारको कामले तीव्रता पाएको छ । कामले तीव्रता पाएसँगै ३३.२ मध्ये २४.५ किलोमिटर सडक कालोपत्रे भएको छ । समग्र काम भने ८१ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो समय कामले तीव्रता पाएसँगै प्रगति बढ्दै गएको हो...

आजदेखि मकवानपुरमा ढुङ्गा–गिटी–बालुवा उत्खनन् नगरिने

मकवानपुर, ६ चैत । मकवानपुरका विभिन्न खोला तथा नदिहरुमा आजदेखि ढुङ्गा–गिटी–बालुवा उत्खननमा रोक लगाइएको छ । विकास निर्माण आयोजनाका नाममा हुँदै आईरहेको अवैध उत्खनन् आजदेखि १५ दिनका लागि रोकिने भएको हो । जिल्ला समन्वय समितिमा भएको सर्वपक्षीय बैठकले मकवानपुरको राप्ति नदि, ज्यामिरे क्षेत्र, लोथर खोलामा भएको अवैध उत्खनन् अनुगमन...