मुख्यमन्त्री र मन्त्री नै झाडु बोकेर सरसफाईमा, सेना र स्थानीयको सहयोग

तु खबर संवाददाता
२०७४ चैत्र १५, बिहीबार १५:१२

सुर्खेत, १५ चैत । श्रमको सम्मानका लागि प्रत्येक महिनाको १ गते र १५ गते श्रम गर्ने निर्णय भए अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले विहीबार बुलबुलेको सरसफाई गरेका छन् । उनीहरुले सुर्खेतको मुख्य पर्यटकीयस्थल बुलबुलेको सरसफाई गरेका हुन् । मुख्यमन्त्री र मन्त्रीहरु नै झाडुु र सरसफाईका समान हातमा लिएर बुलबुले ताल र उद्यानको सरसफाईमा जुटेका हुन् ।

कर्णाली प्रदेशको दोस्रो बैठकले श्रमको सम्मानका लागि प्रत्येक महिनाको १ गते र १५ गते श्रम गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुरुप मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अन्य मन्त्रीहरुको नेतृत्वमा कर्मचारी, शसस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयहरुले सरसफाई गरेका हुन् ।

सरसफाईमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विमला केसी, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*