जंगलमा लागेको आगो मकवानपुरको गाउँमा, अन्य ठाउँमा सहित साढे ४७ लाख क्षति
काठमाडौँ, १५ चैत । मकवानपुरसहित मुलुकका विभिन्न स्थानहरुमा भएको आगलागीमा परि साढे ४७ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । आगलागीमा परि ४७ लाख ५८ हजार क्षति भएको हो ।
मकवानपुरको मनहरी गाउँपालिका–८ देउकोट स्थित जंगलमा लागेको आगो हावाहुरीले उडाउदा सोही ठाउँ बस्ने आकाश थिङको कच्ची घरमा आगलागी हुदाँ नगद ६० हजार रुपैयाँ ,घर ,गोठ ,अन्नपात समेत जलेर करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
दाङको लमही नगरपालिका–९ हर्दवा बस्ने तिर्थराज कुंवरको घरमा बुधबार आगलागी हुदाँ नगद ४२ हजार रुपैयाँ ,सुनका बिभिन्न गरगहना,फुसको २ वटा घर र गोठ जलेर करीव १८ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
पर्साको बिरगंज महानगरपालिका–१६ नगवा स्थित प्रभु प्रसाद चौरासियाको दिप काटुन फ्याक्ट्रीमा बुधबार बिद्युत सर्ट भई आगलागी हुदाँ मोटर १० वटा,कार्टुन ५० बण्डल,जस्तापाता सहित करीव ४ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ गोदार हाटबजार स्थित फुसको छानो भएको १५ वटा टहराहरुमा बुधबार आगलागी हुदाँ करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएकोछ ।
लम्जुङको मध्ये नेपाल नगरपालिका–७ बस्ने प्रेम लामाको घरमा बुधबार आगलागी हुदाँ नगद ५ हजार रुपैयाँ सुनका विभिन्न गहना, अन्नपात सहित करीव १८ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।
