राक्सिराङबाट एक युवक पक्राउ, नेवारपानीमा फरार

तु खबर संवाददाता
२०७४ चैत्र १५, बिहीबार १३:३१

मकवानपुर, १५ चैत । राक्सिराङ–२ बस्ने ४२ बर्षीय राजकुमार मोक्तानलाई प्रहरीले अवैध लागूऔषध गाँजा ८० किलो सहित पक्राउ गरेको छ ।

मोक्तान सहितका ४–५ जनाले मनहरी गाउँपालिका–९ जयसिङ स्थित पूर्व–पश्चिम राजमार्गमा गाँजा ल्याउँदै गरेको सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय मनहरीबाट विहीबार खटिएको प्रहरी टोलीले ४ वटा बोरामा रहेको उक्त गाँजा सहित उनलाई पक्राउ गरेको हो । अन्य फरार व्यक्तिहरुको प्रहरीले खोजतलास गरिरहेको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय नेवारपानीबाट मोवाइल गस्तीमा खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका–१९ दारीमटार स्थित पूर्व–पश्चिम राजमार्गबाट लागूऔषध गाँजा १ सय ५० किलो बरामद गरेको छ । प्रहरी टोली बुधबार राती उक्त स्थानमा पुग्दा गाँजा बोकेको व्यक्तिहरुले टाढैबाट प्रहरीलाई देख्नासाथ ६ वटा प्लाष्टिकको बोरामा रहेको उक्त गाँजा छाडेर भागेका थिए ।

फरार व्यक्तिहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*