ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यू
मोरङ, १५ चैत । मोरङको उर्लाबारी नगरपालिका–८ अमरचोक स्थित उर्लाबारी राजघाट भित्री सडक खण्डमा ना.४ ख ८३५७ नम्बरको ट्रकले मे.९ प ७६१७ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिंदा मोटरसाइकलमा सवार चालकको मृत्यू भएको छ ।
दुर्घटनामा रतुवामाई नगरपालिका–४ झुर्कीया बस्ने २५ बर्षीय सन्तोष ठाकुर र झापा बिर्तामोड नगरपालिका–८ बस्ने २२ बर्षीय सन्तोष राजबंशी गम्भीर घाइते भएकोले उपचारको लागी अरनिको अस्पताल उर्लाबारी पठाइएकोमा चालक सन्तोष ठाकुरको मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
