समाचार

पदमपोखरी गाई काण्ड : प्रहरी नै ज्यादतीमा उत्रिएको स्थानीयको आरोप

मकवानपुर, ७ चैत । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी रमनटारमा मरेको गाई काटेर खाएको विषयमा प्रहरीले नै ज्यादती गरेको स्थानीयले आरोप लगाएका छन् । प्रहरीहरु आफैले स्थानीयलाई फसाउने खेल खेलिरहेको उनीहरुको आरोप छ । मंगलबार सर्जिमिनका लागि पुगेका प्रहरीहरुले सम्बन्धित व्यक्तिहरुको नभई बाटोमा जो भेट्यो त्यसैको हस्ताक्षर लिएर...

दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त पक्राउ

काठमाडौं / दरबारमार्ग बलात्कार घटनाका मुख्य आरोपी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले २२ वर्षीय शैलेस कार्कीलाई दरबारमार्गबाटै पक्राउ गरेको हो। रामेछाप दुरागाउँ-३ घर भई धुम्बाराही बस्ने शैलेशसहितको समूहले माघ पहिलो साता ल्याण्डमार्क होटलमा एक युवतीको बलात्कार गरेका थिए । तर, घटना मिलापत्रमा लुकाइएको थियो । घटनालगत्तै...

‘हल्लाको भरमा हेटौँडाबाट राजधानी सर्दैन’–प्रचण्ड

हेटौंडा, ७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले दुई दिनको अन्तरालमा हेटौँडामा संचारकर्मीसँग बोल्दै तेस्रो पटक हेटौंडाबाट प्रदेशको राजधानी नसर्ने बताएका छन् । उनको दाबीले यतिखेर हेटौँडावासीमा खुशियाली समेत छाएको छ । उनले हल्लाको भरमा हेटौँडाबाट प्रदेश ३ को राजधानी नसर्ने बताएका...

वाम पार्टी एकता बारे हेटौँडामा प्रचण्डको नयाँ खुलासा

हेटौंडा,७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले वाम पार्टी एकता बारे नयाँ खुलासा गरेका छन् । उनले संचारकर्मीहरुसँग कुराकानी गर्दै आउँदो बैशाख पहिलो साता नै वाम पार्टी एकता हुने संकेत दिएका हुन् । बुधबार बिहान हेटौंडा ४ स्थित नेकपा माओवादी केन्द्र मकवानपुरको...

गिरिजा प्रसाद कोईरालाको ८ औं पुण्य स्मृति दिवशमा रक्तदान

हेटौंडा/ नेपाली काँग्रेस मकवानपुरले नेपालको लोकतान्त्रिक आन्दोलनका मुद्र्यन्य नेता, शान्ति प्रक्रियाका अग्रणी, नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोईरालाको ८ औं पुण्य स्मृति दिवसको अवसरमा बुधबार रक्तदान कार्यक्रम गरेको छ । काँग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गर्नुभएको थियो...

१० बर्षमा १० हजार मेगावाट बिद्युत उत्पादन गर्छु : उर्जामन्त्री पुन

काठमाण्डौं ६ चैत । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले उर्जा आत्मनिर्भरतामा आफ्नो ध्यान गएको बताएका छन् । उनले १० बर्षमा १० हजार मेगावाट बिद्युत उत्पादनको लक्ष्य लिएर आफुले कार्ययोजना तय गर्ने समेत आज पत्रकारहरुसंगको अन्र्तक्रियामा बताएका छन् । हाल हिँउदमा ५ सय मेगावाटमात्र बिद्युत उत्पादन भईरहेको र...

भुकम्प पीडितलाई पुननिर्माण प्राधिकरणले थप एकलाख नदिने , कहाँ गयो देउवा सरकारको घोषणा ?

काडमाण्डौं ६ चैत । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्प पीडितका लागि देउवा सरकारले दिने घोषणा गरेको थप एक लाख दिन नसक्ने बताएको छ । भुकम्प पीडितका लागि ३ लाख मात्र दिने आधिकारीक निर्णय भएकोले थप एकलाख पीडितहरुलाई दिन नसकिने प्राधिकरणको भनाई छ । निर्माण सामाग्री महँगी, तथा कामदार अभाव जस्ता...

प्रधानमन्त्रीकाे निर्देशनलगत्तै गृहमन्त्री निस्किए छड्केमा, विमानस्थलका कर्मचारी कार्यकक्षमा भेटिएनन्, कारबाही गर्ने चेतावनी

काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा अाेलीकाे विशेष निर्देशनलगत्तै गृहमन्त्री रामबहादुर थापा बादलले कामकाे गतिलार्इ तीव्रता दिएका छन् । यसक्रममा गृहमन्त्री बादलले अाज दिउँसाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘छड्के’ जाँच गरेका छन् । कसैलार्इ जानकारी नदिर्इ उनी एक्कासी विमानस्थलमा पुगेका थिए । गृहमन्त्री विमास्थल पुग्दा अध्यागम विमाग र अन्तर्राष्ट्रिय उडानतर्फको कक्षका...

हेटौँडा अस्पतालमा किन गए प्रचण्ड ?

हेटौँडा, ६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज साँझ हेटौँडा अस्पतालमा पुगेका छन् । त्यस अघि हेटौँडामा भएको एक कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौँडा नै हुने बताउँदै हेटौँडा तताएका उनले एकाएक हेटौँडा अस्पतालमा पुगेर हेटौँडावासीलाई चकित पारिदिएका छन्...

प्रचण्डको उद्घोष : ‘३ नम्बर प्रदेशको राजधानी हेटौँडा नै हो’

हेटौँडा, ६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौँडा नै हुने बताएका छन् । आज हेटौँडामा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले हेटौँडाबाट स्थायी राजधानी दायाँबायाँ नसर्ने बताएका हुन् । उनले हेटौँडाबाट कुनै पनि हालतमा दायाँबायाँ...