गुम्बा विहार संघद्वारा ध्यानाकर्षण

तु खबर संवाददाता
२०७४ चैत्र १५, बिहीबार १८:३१

मकवानपुर १५ चैत । देशभरि रहेका गुम्बा विहारहरुको संरक्षण, संवद्र्धन तथा पुनर्निर्माणमा सहयोग गर्दै आएको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति सरकारले खारेज गर्ने प्रकृया अघि बढाएको भन्ने सूचना बाहिर आएको भन्दै गुम्बा विहार संरक्षण संघ मकवानपुरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष निरु थिङको अध्यक्षतामा विहीबार बसेको बैठकमा संघले ध्यानाकर्षण भएको जनाएको हो ।
हाल देशैभरिका गुम्बा तथा विहार पुनर्निर्माणका कार्य अघि बढिरहेको सन्दर्भमा गुम्बा विकास समिति खारेज गर्ने प्रकृया अघि बढेको भन्दै उनीहरुले विरोध जनाएको छ । देशभरि रहेका बौद्ध गुम्बा तथा विहारहरुको संरक्षण संवद्र्धन गर्ने विशेष संस्था गुम्बा विकास समिति खारेज गर्ने निर्णय तर्फ सरकार अघि बढेमा सशक्त संघर्ष गर्ने समेत गुम्बा विहार संरक्षण संघले जनाएको छ ।

साथै संघले सरकारले भूकम्पबाट क्षतिग्रस्त बनेका गुम्बाहरुको पुनर्निर्माण कार्य टेण्डर मार्फत गर्ने प्रकृया अघि बढाइरहेको भन्दै उक्त कार्यको समेत विरोध गरेको छ ।

संघका अध्यक्ष निरु थिङले २ करोडसम्मको निर्माण कार्य स्थानिय उपभोक्ता समिति मार्फत निर्माण सम्पन्न गर्ने राज्यको प्रावधान हु“दाहु“दै सरकार टेण्डरको तयारीतर्फ अघि बढेको भन्दै विरोध गरिएको बताए । सरकारबाट टेण्डरको निर्णय भएमा देशब्यापी सशक्त आन्दोलन हुने संघका अध्यक्ष निरु थिङले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*