समाचार
प्रचण्डलाई भेटेपछि श्रेष्ठले प्राण त्यागे
मकवानपुर, ७ चैत । नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य रामकृष्ण श्रेष्ठको निधन भएको छ । कम्यूनिष्ट आन्दोलनमा उल्लेखनीय योगदान पुराएका श्रेष्ठको आज दिउँसो हेटौँडा अस्पतालमा निधन भएको नेकपा माओवादी केन्द्र मकवानपुरका संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले बताए । क्यान्सरबाट पिडीत उनी हेटौँडा अस्पतालमा भर्ना भएर उपचार...
मकवानपुरमा आगलागी व्यवस्थापन अभ्यास
मकवानपुर ७ चैत । गर्मीयाम बढेसंगै डढेलो तथा आगलागीको जोखिमलाई मध्यनजरगरी मकवानपुरमा डढेलो व्यवस्थापनको लागि आज अभ्यास तालिम सम्मन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाको वडा नम्वर ६ र १५ मा रहेको चित्रेपानि सामुदायिक बन उपभोक्ता समुहमा आज बुधबार अभ्यास सम्मन्न भएको हो । ईलाका बन कार्यालयको आयोजनामा भएको कार्यक्रममा...
हेटौंडामा २५ मिटर सडक विस्तार हुनैपर्छ र हुन्छ पनि : रामनारायण विडारी
मकवानपुर ७ चैत । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले हेटौंडामा २५ मिटर सडक विस्तार हुनैपर्ने धारणा व्यक्त गरेका छन् । आज मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको एक कार्यक्रममा बोल्दै उनले २५ मिटर सडक विस्तार नहुदाँ विभिन्न किसिमका ट्राफिक व्यवस्थापनका समस्या देखिने बताए । उनले २५ मिटर सडक विस्तार गर्नुपर्ने...
मकवानपुरमा कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले यसो भने – हेर्नुहोस् भिडियो
मकवानपुर । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिशतको आधारमा पार्टी एकता नहुने बताएका छन् । मकवानपुरका कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले बराबारीको आधारमा मात्र पार्टी एकता हुने बताए । दुबै पार्टीले आआफ्नो पक्षमा मात्र तर्क गरे भने त धेरै कुरा आउने स्पष्ट पार्दै उनले माओवादी परिवर्तनको बाहक...
विद्यालयबाट घर फर्केकी १२ वर्षीया बालिकाको बलात्कार
वीरगंज, ७ चैत । पर्सा जिल्लामा १० वर्षीय बालिकाको बलात्कार भएको दुई साता बित्न नपाउँदै फेरी एक नाबालिका बलात्कृत भएकी छिन् । पटेर्वा सुगौली गाउँपालिका ५ निचुटामा १० वर्षीया नाबालिकामाथि बालात्कार भएको दुई साता पनि नबित्दै जिल्लाको पर्सागढी नगरपालिकामा अर्को घटना सार्वजनिक भएको हो । विद्यालयबाट घर फर्केर पोशाक...
वृद्धाश्रमको अनुगमनमा मानव अधिकार आयोग, मापदण्ड विपरित चलेको खुलासा
चितवन, ७ चैत । राष्ट्रिय मानवअधिकार आयोगले देशभरमा रहेका वृद्धाश्रमहरुको अनुगमन थालेको छ । आयोगको टोली देशभर रहेका वृद्धआश्रमको अवस्था अनुगमनमा हिँडेको हो । टोलीले मंगलबार चितवन र तनँहुको संगमस्थल देवघाट धामबाट अनुगमन कार्यको सुरूवात गरेको छ । आयोगका सदस्य प्रकाश वस्तीका अनुसार देशभर रहेका १४४ वटा वृद्धआश्रमको अनुगमन...
बाँदरले नै गर्यो मानव अधिकार हनन्
चितवन, ७ चैत । चितवनको देवघाट आश्रममा बसेकाहरुले आफुहरु बाँदरबाट पिडीत भएको भन्दै मानव अधिकार आयोगमा गुनासो गर्न पुगेका छन् । पकाएको खाना फालिदिने, लुगा च्यातिदिने, राखेको खानेकुरा खाइदिने, पिउनेपानी दूषित बनाइदिने जस्ता कार्य हुँदा बाँदरले नै मानव अधिकार हनन् गरेको उनीहरुले गुनासो गरेका हुन् । बाँदरले मानिसलाई आक्रमण...
राष्ट्रिय सभा सदस्य विडारीको हेटौँडामा स्वागत
हेटौँडा, ७ चैत । मकवानपुर उद्योग वाणिज्य संघले आज राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीको स्वागत गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षातामा भएको कार्यक्रममा जिल्लाको आर्थिक विकासको विषयमा पनि छलफल भएको थियो । अध्यक्ष कटुवालले उद्योग वाणिज्य संघको पछिल्लो वस्तुगत अवस्थाको विषयमा बिडारीलाई अवगत गराएका थिए । स्वागत...
साना किसानको २२ औ स्थापना दिवसमा अन्तर समुह गोष्ठी
अनिल प्रित कोल्हवी, बारा ७ चैत । बाराको कोल्हवीमा साना किसान कृषि सहकारी संस्था डुमरवानाको २२ औँ स्थापना दिवस तथा एक दिवशीय गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । कोल्हवी नगरपालिका वडा नम्बर १ मा रहेको बारा उद्योग वाणिज्य संघ शाखा कोल्हवीको सभा हलमा कार्यक्रम भएको हो । शाखा संयोजक...
बकैया गाउँपालिकाको दोस्रो गाउँ सभा : फरक–फरक कानुन निर्माणको तयारी हुँदै
-यादव चौलागाईं मकवानपुर, ७ चैत । मकवानपुरको बकैया गाउँपालिकाको दोस्रो गाउँ सभा आजबाट सुरु भएको छ । गाउँपालिका अध्यक्ष दामोदर खनालको सभाध्यक्षतामा सुरु भएको दोस्रो गाउँ सभाले संसोधित नीति तथा कार्यक्रम लगायत विभिन्न ऐन कानुनी विधेयकहरुमाथि छलफल सुरु गरेको छ । सभामा गाउँपालिका उपाध्यक्ष सरला बोलखेले समग्र गाउँपालिकाको आर्थिक...









