प्रधानमन्त्रीकाे भारत भ्रमणकाे तालिका सार्वजनिक, हेर्नुस् यस्ताे छ भ्रमणतालिका

तु खबर संवाददाता
२०७४ चैत्र १६, शुक्रबार १५:५५

काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा अाेलीकाे अासन्न भारत भ्रमणकाे तालिका सार्वजनिक भएकाे छ । परराष्ट्र मन्त्रालयले अाज प्रधानमन्त्रीकाे भारत भ्रमणकाे तालिका सार्वजनिक गरेकाे हाे ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीकाे राजकीय भारत भ्रमण अागामी चैत्र २३ देखि २५ गतेसम्म हुने स्पष्ट पारेकाे छ ।

उनले भारतीय समकक्षी नरेन्द्र माेदीसँग २४ गते भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री अाेलीले भारतलार्इ पहिलाे विदेश भ्रमणका रूपमा राेजेका हुन् ।

प्रधानमन्त्रीकाे भारत भ्रमणका क्रममा विकास साझेदारीबारे छलफल हुने बताइएकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले प्रधानमन्त्री भएपछि अाेलीलार्इ लगातार दुर्इपटक टेलिफाेन गरेर तथा तीन पटक पत्र पठाएर भारत भ्रमणका लागि अाग्रह गरेका थिए ।

अाेलीले पहिलाेपटक प्रधानमन्त्री भएका वेला पनि भारत भ्रमण गरेका थिए । उनले फागुन ७ देखि भारत भ्रमण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*