सिमरा महोत्सव : भेट्रान फुटबलमा आजका टिम
बारा । प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ अन्र्तगत हिजोदेखि शुरु भएको भेट्रान फुटबलमा आज चार वटा टिमबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ । आज हुने पहिलो खेल सिमरा भेट्रान ए र चपुर भेट्रानबीच भईरहेको छ भने दोश्रो खेल चितवन भेट्रान र जाउलाखेल फुटबल क्लबबीच हुनेछ । यस्तै आज सेमिफाईनल प्रवेशका लागि हेटौडा भेट्रान र साईनिङ्ग सन एकेडेमीबीच खेल हुने तय भएको छ । हेटौडा भेट्रान सिलगुढी नआएपछि बाई पाएर सिधै क्वाटरफाईनलमा प्रवेश गरेको हो भने साईनिङ्ग सन एकेडेमी भेट्रान सिटि अफ विरगञ्जलाई पराजित गर्दे क्वाटरफाईनलमा प्रवेश गरेको हो ।
यसैगरी सेमिफाईनल प्रवेशका लागि आजै अभिसेक चर्च नवलपरासी र हाम्रो फुटबल क्लब विरगञ्जबिच खेल हुँदैछ । नवलपरासी सिमरा भेट्रान बि र विरगञ्ज बकुलिया भेट्रानलाई पराजित गर्दे क्वाटर फाईनलमा प्रवेश गरेको हो । पर्सिसम्म चल्ने प्रतियोगितामा १२ वटा टिमको सहभागीता रहेको छ ।
प्रतियोगितामा ४० बर्षभन्दा माथिका खलाडीहरु मैदानमा उत्रिदैछन् । भेट्रान फुटबलमा सिमरा भेट्रान ए, सिमरा भेट्रान बि, अभिसेक चर्च नवलपरासी, हेटौडा भेट्रान, सिलगुडि भेट्रान, हाम्रो फुटबल क्लब, बकुलिया भेट्रान, भेट्रान सिटि अफ विरगञ्ज, साईनिङ्ग सिटि अफ विरगञ्ज, साईनिङ्ग सन एकेडेमि, चितवन भेट्रान, जाउलाखेल फुटबल क्लब र चपुर भेट्रान सहभागी छन् ।
