हेटौँडालाई स्थायी राजधानी कायम गर्न माग गर्दै विद्यार्थी सडकमा, सार्न खोजिए आन्दोलन गर्ने चेतावनी
मकवानपुर, १५ चैत । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौँडालाई नै कायम गर्नुपर्ने भन्दै विद्यार्थीहरु सडकमा उत्रिएका छन् ।
बुधबार केहि सांसदले ३ नम्बर प्रदेश सभा सचिवालयमा तिन नम्बर प्रदेशको राजधानी हेटौडाबाट काभ्रेमा सार्ने भनि प्रस्ताव दर्ता गरेपछि विद्यार्थीहरु त्यकसो विरोध गर्दै हेटौँडालाई नै स्थायी राजधानी कायम गर्न माग गर्दै प्रदर्शनमा उत्रेका हुन् ।
स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले हेटौँडालाई प्रदेश नंबर ३ को स्थायी राजधानी कायम हुनु पर्ने माग गर्दै विरोध प्रर्दशन गरेको हो । स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा मकवानपुर बहुमुखी क्याम्पसको गेटदेखि मानसचोक हुँदै हेडम्बी चोक बुद्धचोक हुदैैँ सिमाचोकमा गएर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै स्वतन्त्र विद्यार्थी युनियन मकावानपुर बहुमुखी क्याम्पसका सभापति कुमार केसीले हेटौँडा ३ नम्बर प्रदेशको राजधानी उपयुक्त रहेकोले यदि यसलाई सार्न खोजिए आन्दोलन गर्ने चेतावनी दिए । उनले केहि सांसदले ३ नम्बर प्रदेश सभा सचिवालयमा तिन नम्बर प्रदेशको राजधानी हेटौडाबाट काभ्रेमा सार्ने भनि प्रस्ताव गरेको कार्य सुनियोजित भएको भन्दै निर्णय फिर्ता लिन आग्रह समेत गरे । 

