समाचार
अब देशभरका विद्यालयमा पहेंलो रङ लगाईने
काठमाडौँ, १२ चैत । अब देशभरका विद्यालयहरुमा पहेँलो रङ लगाईने भएको छ । नेपाल सरकारले देशभरका विद्यालय भवनमा पहेलो रङ लगाउन निर्देशन दिएपछि यस्तो हुने भएको हो । विद्यालयको मुख्य भवन, शौचालय लगायत सबै प्रकारका भौतिक पूर्वाधारमा पहेंलो रङ लगाउन शिक्षा विभागले निर्देशन दिएको छ । सरकारले यसअघि विद्यालयका...
संसदमै कड्किए मकवानपुरका खतिवडा : ‘भारतीय विदेश मन्त्रीको भ्रमण भ्यालेन्टाइन भ्रमण मात्रै हो ?’
काठमाडौँ, १२ चैत । मकवानपुरे नेता तथा प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले मकवानपुरको दरिलो उपस्थिति संसदमा देखाउन थालेका छन् । यस अघि समेत पहिलो संविधान सभाको चुनावपछि उनले संसदमा विभिन्न विषयमा बहस सिर्जना गरेका थिए । उनलाई संसदको बैठकलाई रोचक बनाउने सदावहार पात्रका रुपमा चिनिने गरिन्थ्यो । प्रतिनिधिसभा चुनावमा मकवानपुर...
अबदेखि समन्वय समितिका संयोजकले कुटनीतिक र गाउँपालिका अध्यक्षले विशेष राहदानी पाउने
मकवानपुर । अबदेखि जिल्ला समन्वय समितिका संयोजकले पनि कुटनीतिक राहदानी पाउने भएका छन् । आज बसेको मन्त्री परिषदको बैठकले समन्वय समितिका संयोजकलाई कुटनीतिक राहदानी दिने निर्णय गरेको हो । त्यसैगरी, गाउँपालिका अध्यक्षले विशेष राहदानी पाउने भएका छन् । यसअघि जिल्ला विकास समितिका सभापतिलाई कुटनीतिक राहदानी जारी हुँदैन थियो ।...
मुख्यमन्त्री पौडेलसँग ठोरीवासीको माग : ‘हामीलाई प्रदेश ३ मै गाभ्नुस्’
पर्सा, १२ चैत । पर्साका ठोरीवासीले आफुहरुलाई प्रदेश नम्बर २ बाट प्रदेश नम्बर ३ मा गाभ्न आग्रह गरेका छन् । ठोरी नाकाको स्थलगत अवलोकनमा पुगेका प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग उनीहरुले त्यस्तो आग्रह गरेका हुन् । ठोरी गाउँपालिका–१ का वडाध्यक्ष रामशरण कुँवरले ठोरीलाई प्रदेश ३ मा गाभ्न...
युरोपेली युनियनका प्रतिनिधिलाई देश निकाला गर्न राष्ट्रिय जनमोर्चाको माग
काठमाडाैं / राष्ट्रिय जनमोर्चाले युरोपियन युनियन (इयु) ले देशको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको भन्दै देश निकाला गर्नुपर्ने माग गरेको छ । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा युरोपियन युनियनको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको अनुगमन प्रतिवेदन र राजदुतहरुले कुटनीतिक आचारसंहिता विपरीत गरेको भेटघाटबारे गम्भीर आपत्ति जनाइएको छ। ‘हाम्रो समाज...
प्रदेश ३ मा कार्य व्यवस्था समितिको बैठक बस्दै
मकवानपुर, १२ चैत । प्रदेश नम्बर ३ कार्य व्यवस्था समितिको बैठक केही समयपछि बस्ने भएको छ । प्रदेश सभा बैठक संचालनका लागि कार्य व्यवस्था समितिको बैठक बस्न लागिएको हो । भोलि मंगलबार बस्ने बैठकको तयारीका लागि कार्य व्यवस्था समितिको बैठक अहिले केही बेरमा बसिने बताइएको छ । बैठकले मंगलबारको...
मकवानपुरको मनहरीमा महिला मृत फेला, जंगली जनावरले आक्रमण गरेको आशंका
-चन्द्र घलान मकवानपुर, १२ चैत । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ रमौली प्रतापपुरमा एक महिलाको शव फेला परेको छ । मृत अवस्थामा फेला परेकी महिलाको पहिचान भइसकेको ईलाका प्रहरी कार्यालय मनहरीका प्रमुख ईन्स्पेक्टर चित्रबहादुर घलेले जानकारी दिए । मृत फेला परेकी महिला सोही वडामा बस्ने ४१ वर्षीया सरस्वती...
प्रहरी हिरासतबाट गाई काण्डका आरोपीहरुको बयान : ‘हामी निर्दोष थियौँ, तै पनि फस्यौँ’
मकवानपुर, १२ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी रमनटारमा गाई काटेर खाएको भनिएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुले आफुहरुले गाई काटेर नखाएको दाबी गरेका छन् । आज बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेको तु खबर डटकम टोलीसँग कुराकानी गर्दै उनीहरुले आफुहरुले गाई काटेर नखाएको बताएका...
नयाँ वर्षमा अाेली सरकारले दियाे नयाँ ‘उपहार’ : वैशाखदेखि उद्योगमा पनि लोडसेडिङ नहुने
काठमाडाैं / जलस्रोत उर्जा तथा सिंचाई मन्त्री वर्षमान पुनले बैशाखदेखि उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङ अन्त्य गर्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । आइतबार प्राधिकरणको लोड डिस्प्याच सेन्टरमा पुगेका मन्त्री पुनले उद्योग क्षेत्रमा लोडसेडिङ नगर्न भनेका हुन् । जवाफमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि उद्योग क्षेत्रको लोडसेडिङ वैशाख...
जब वडा अध्यक्षहरु आफै डोजर लिएर बजार निस्किए, जनकपुरमा ३ वर्षको प्रयासपछि भत्काइयो घर
जनकपुर / प्रदेश नम्बर २ को राजधानी जनकपुरका सडक फराकिलो पार्ने अभियान सुरु भएको छ । ३ वर्षअघिदेखि यहाँको सडक चौडा बनाउने अभियान अहिले आएर सार्थक हुन लागेको हो । प्रदेश राजधानी तोकिएपछि सडक फराकिलो पार्ने अभियान सुरु गरिएको हो । सडक व्यवस्थापन गर्न दुबै तर्फका घरटहरा भत्काउन सुरु...










