समाचार
बाघको आक्रमणबाट महिलाको मृत्यू, २ जना घाईते
मकवानपुर, १२ चैत । मकवानपुरको मनहरि गाउँपालिका–७ रमौली प्रतापपुरमा बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । साथै बाघले दुई जनालाई समेत घाईते बनाएको छ । त्यहाँस्थित राप्ती नदी किनारामा ड्यामको नजिकै बाघको आक्रमणबाट स्थानीय ४१ वर्षीया सरस्वती बर्तौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर...
अदालतको सम्मानमा ठेस नपुग्ने गरि एन्फाको चुनाव गराउन निर्देशन
काठमाडौँ, १२ चैत । अदालतको अपहेलना नहुने गरि एन्फाको निर्वाचन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) ले निर्देशन दिएको छ । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेख्दै स्थगित गरिएको निर्वाचन यथाशिघ्र सम्पन्न गर्न निर्देशन दिएको हो । उच्च अदालत पाटनले निर्वाचन रोक्न अन्तरिम आदेश दिएपछि एन्फाको निर्वाचन...
धारिलो हतियार प्रहारबाट भारतमा नेपालीको मृत्यु
मोरङ, १२ चैत । सीमावर्ती बजार भारतको जोगबनी–१० मा भएको झगडामा धारिलो हतियार प्रहारबाट इटहरी–१० का किसनकुमार सुनुवारको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय रानीका अनुसार जोगबनी–१० मा झगडा हुँदा धारिलो हतियार प्रहारबाट घाइते भएका सुनुवार भाग्दै आएर दश गज्जा क्षेत्रमा बेहोस भएका थिए । सुनुवारलाई तत्काल उपचारका...
चिट चोराएको आरोपमा दुई परीक्षा निरीक्षक पक्राउ
सिराहा, १२ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा चिट चोराएको भन्दै दुई परीक्षा नियन्त्रकलाई सिरहामा पक्राउ गरिएको छ । आज सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा चिट चोराउन सहयोग गरेको भन्दै सिरहाकोे छुट्टाछुट्टै परीक्षा केन्द्रबाट ती दुई परीक्षा निरीक्षकलाई पक्राउ गरिएको हो । परीक्षा अनुगमन टोलीले चन्द्रउदयपुर मावि परीक्षा...
४२ वडामा सचिव नै छैनन्, रोकियो व्यक्तिगत घटना दर्ता
बैतडी, १२ चैत । बैतडीका ४२ वडा वडामा सचिव नभएपछि त्यहाँ व्यक्तिगत घटना दर्ता गर्ने काम समेत प्रभावित भएको छ । बैतडीको ८४ वडा मध्ये ४२ वडा सचिवविहीन भएको हो । जिल्लाको शिवनाथ गाउँपालिकाका ६ ओटै वडामा सचिव नभएको बताइएको छ । वडामा सचिव नहुँदा व्यक्तिगत घटना दर्ताका काम...
आगलागीबाट लाखौँको क्षति
काठमाडौँ, १२ चैत । मुलुकका विभिन्न स्थानहरुमा भएको आगलागीमा परि करिब ३८ लाख बराबरको क्षति भएको छ । काठमाडौँको काठमाडौँ महानगरपालिका–१६ ठमेलमा नुवाकोट बेलकोटगढी नगरपालिका–१३ घर भएका सिताराम पौडेलले संचालन गरेको हेण्डि ग्राफ उलन पसलमा शनिबार बिद्युत सर्ट भई आगलागी हुदाँ करीव २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ...
५ वर्षीया बालिकासहित ५ जनाको शव फेला
काठमाडौँ, १२ चैत । मुलुकका विभिन्न स्थानहरुमा एक ५ वर्षीय बालिका सहित ५ जनाको शव फेला परेको छ । .नवलपरासीमा गैंडाकोट नगरपालिका–६ बोटेटोल स्थित नारायणी नदी किनारमा शनिबार नाम,थर,वतन नखुलेको अंदाजी ५५ बर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नवलपरासी कावासोति नगरपालिका–८ कालिगण्डकी सामुदायिक अस्पताल नजिक रहेको...
सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यू
काठमाडौँ, १२ चैत । मुलुकका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि ५ जनाको ज्यान गएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुसाहा स्थित पुर्ब–पश्चिम राजमार्गमा स.९ प १९७७ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिंदा २ जनाको ज्यान गएको छ । दुर्घटनामा साईकल यात्री सोही नगरपालिका–८ बस्ने ३० बर्षीय महेश ठाकुर र...
नर्भिक अस्पतालमा छापा मारियो
काठमाडौं, १२ चैत्र । राजधानी काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा आपूति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले छापा मारेको छ । विभागको नेतृत्वमा सम्बन्धित सरकारी एजेन्सीसहितले सो अस्पतालमा छापा मारेको हो । सो अस्पतालमा केही दिन पहिले बायाँ खुट्टाको अप्रेशन गर्नुपर्नेमा दायाँ खुट्टाको अप्रेशन गरिएको थियो । सो काण्डपछि...
चोरी गरेको आरोपमा ५ युवक पक्राउ
भक्तपुर, १२ चैत । चोरी गरेको अभियोगमा ५ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण नगरपालिका–६ बस्ने २२ बर्षीय गणेश लामा, २१ बर्षीय लच्छु कार्की, २३ बर्षीय अनिल मगर, २४ बर्षीय सुमन तामाङ र २१ बर्षीय रुपक तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले शनिबार काभ्रे मण्डन...










