समाचार

मन्त्रीको एक्सनपछि कर्मचारीको भागाभाग

काठमाडौं, १३ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कर्मचारीको विषयमा नयाँ एक्सन लिएपछि अहिले काजमा रहेका कर्मचारीहरुको भागाभाग भएको छ । उनले एक निर्णयका बिच आफ्नो मन्त्रालय मातहतका विभाग तथा कार्यालयहरूले त्यही दरबन्दीमा रहेका कर्मचारीलाई मात्र हाजिर गराउन भनेपछि काजमा रहेका कर्मचारीको भागाभाग भएको हो...

दाउराको बहाना गर्दै वनबाट काठ तस्करी

उपेन्द्र गोले रौतहट, १३ चैत । रौतहटको एक सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको नाममा काटेको काँचो रुखलाई दाउरा भन्दै तस्करी गर्न थालिएको पाइएको छ । चन्द्रनिगाहपुरमा रहेको हातेमालो सामुदायीक वनमा काटिएको काँचो रुख दाउराको नाममा जिल्लाको दक्षिणी भेगमा बिक्रि बितरण हुन थालेको स्थानीय बासिन्दाले बताएका छन् । सो स्थानबाट...

गाई काण्डमा बिनाकारण नाम जोडेको भन्दै उपसभामुख तामाङद्वारा विज्ञप्ति जारी

मकवानपुर, १३ चैत । प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले केही दिनअघि नेपाल तामाङ घेदुङले मकवानपुरको पदमपोखरीमा भएको गाई काण्डका बारेमा गृहमन्त्रीसमक्ष ध्यानाकर्षण गराएको सन्दर्भमा आफ्नो नाम जोडेर गरिएको गलत प्रचारबाजी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस विज्ञप्ति जारी गरेकी छिन् । उनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै...

२० बर्षे सवारी हटाएपछि हेटौँडामा खैलाबैला

हेटौँडा, १३ चैत । चैत १ गतेदेखि नेपाल सरकारले २० वर्षभन्दा पुरानो सवारी साधन हटाएपछि त्यसले एक प्रकारको बहस सिर्जना गरेको छ । पुरानो सवारी हटाउनु एक प्रकारले सही निर्णय भएको बुद्धिजीवीहरु बताउँछन् । यसबाट दुर्घटनाको जोखिम कम हुने र वातावरण प्रदुषणमा कमी आउनुका साथै सवारी व्यवस्थापनमा समेत सहयोग...

घाँटी रेटेर एक जनाको हत्या, शंकाको घेरामा परिवार

मकवानपुर, १३ चैत । मकवानपुरको बकैया गाउँपालिकामा एक पुरुषको घाँटी रेटेर हत्या भएको छ । बकैया गाउँपालिका वडा नम्बर ७ मा सोमबार एक जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलीपराज झाले पुष्टि गरेका छन् । घटनामा बकैया ७ निवासी सुर्य बहादुर स्याङ्तानको आफ्नै घरमा हत्या...

नेपाल र यमनबीचको खेल भाेलि हुने

काठमाडाैं / एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत भाेलि मंगलबार नेपाल यमनसँग प्रतिस्पर्धा गर्दैछ । यसअघिका खेलेको पाँच खेलमध्ये तीनमा हार र दुई बराबरी खेलेको नेपालका लागि यो खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । नेपालको छनोट हुने सम्भावना सकिएको छ । तर यमनका लागि यो खेल निकै महत्वपूर्ण छ ।...

२४ घण्टाभित्र विलविजक लिएर उपस्थित हुन नर्भिक अस्पताललाई निर्देशन

काठमाडौँ । अनियमितताको नियमन गर्न काठमाडौँ नर्भिक अस्पताल पुगेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको टोलीलाई नर्भिकले आफ्नो काम गर्न दिएन । टोलीले मागेको कागजपत्र देखाइएन । र, रित्तो हात फर्काइयो । विभागले भने २४ घण्टे पूर्जी जारी गरेको छ । विभागका कर्मचारी रमेशकाजी श्रेष्ठको नेतृत्वमा सोमबार दिउँसो...

पदमपोखरीको सिक्रेनी सडकखण्डमा धमाधम स्ल्याब हुँदै

चन्द्र घलान मकवानपुर,१२ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ सिक्रेनी सडक खण्डको सिक्रेनी ओरालोदेखि बराल टोल जाने बाटोसम्म सडक स्ल्याब गर्न सुरु भएको छ । एक साता अघि हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्ल्याबको शिलान्याश गरेका थिए । त्यसको लगत्तै करिब ३ सय मिटर स्ल्याब सकिसकेको हेटौँडा...

बाघको आक्रमणबाट महिलाको मृत्यू, २ जना घाईते

मकवानपुर, १२ चैत । मकवानपुरको मनहरि गाउँपालिका–७ रमौली प्रतापपुरमा बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । साथै बाघले दुई जनालाई समेत घाईते बनाएको छ । त्यहाँस्थित राप्ती नदी किनारामा ड्यामको नजिकै बाघको आक्रमणबाट स्थानीय ४१ वर्षीया सरस्वती बर्तौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर...

अदालतको सम्मानमा ठेस नपुग्ने गरि एन्फाको चुनाव गराउन निर्देशन

काठमाडौँ, १२ चैत । अदालतको अपहेलना नहुने गरि एन्फाको निर्वाचन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) ले निर्देशन दिएको छ । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेख्दै स्थगित गरिएको निर्वाचन यथाशिघ्र सम्पन्न गर्न निर्देशन दिएको हो । उच्च अदालत पाटनले निर्वाचन रोक्न अन्तरिम आदेश दिएपछि एन्फाको निर्वाचन...