मुख्यमन्त्री पौडेल समक्ष हेटौँडामा बलात्कारीलाई जन्म कैदको माग, प्रहरीलाई निलम्बनको माग
हेटौँडा, २० चैत । सिस्टर सोसाईटी मकवानपुरले बलात्कारीलाई जन्मकैदको माग गरेका छन् । ६१ औँ सहकारी दिवसको अवसर पारेर सोसाईटी मकवानपुरले प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेल समक्ष जन्मकैदको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
सोसाईटीले महिला हिंसा तथा बलात्कार गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने समेत माग राखेका छन् । सोसाईटिकी अध्यक्ष राधा सिंतान सहितको टोलिले हजारौ महिलाले गरेको हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाएकी हुन् ।
ज्ञापनपत्रमा बलात्कारीलाई जन्मकैद हुनुपर्ने, अपराध दर्ता नगर्ने प्रहरीलाई तत्काल निलम्बन गर्नुपर्ने, बलात्कारको झुटो आरोप लगाउनेलाई १० वर्ष भन्दा धेरै कैद हुनुपर्ने लगाएतको माग राखिएको छ ।
