सहकारीलाई ठूलो उद्योग खोल्न आधा लगानी प्रदेशले गर्ने मुख्यमन्त्री पौडेलको आश्वासन

तु खबर संवाददाता
२०७४ चैत्र २०, मंगलवार १३:२३

हेटौँडा, २० चैत । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल कुनै पनि सहकारीले ठूलो उद्योग खोल्न खोजे प्रदेश सरकारले आधा लगानी गरिदिने आश्वासन दिएका छन् । ६१ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सहकारीले आधा लगानी गरेर ठुला खालका उद्योग सञ्चालन गर्न खोजे आधा लगानी प्रदेश सरकारले सहयोग गर्ने बताएका हुन् ।

सहकारीले ठुला उद्योगमा लगानी गर्नुपर्ने कुरामा जोड दिँदै अरबौँ रुपैयाँको कारोबार गर्ने सहकारीले अब ठूला उद्योगमा नै लगानी गरेर हजारौँलाई स्वरोजगार बनाउन सक्ने समेत बताए । उनले सहकारीबाट ऋण झिकेर भोज भतेरमा खर्च गर्ने चलन बढेको भन्दै सहकारीमा जम्मा भएको रकमलाई सहि ढंगबाट परिचालन गर्नको लागि आग्रह समेत गरे ।

प्रदेशमा विकासको लागि पनि सहकारीलाई प्रयोग गर्ने प्रयत्न गरिएको भन्दै सहकारीले ठूला उद्योग खोलेमा युवाहरु विदेसीनबाट जोगिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*