गाईवस्तु चराउन गएका कट्टेलको डुबेर मृत्यू
सोलुखुम्बु, १९ चैत । नेचासल्यान गाउँपालिका–४ पोखरे बस्ने ५४ बर्षीय अबिकेशर कट्टेल गाईवस्तु चराउन गएका समयमा डुबेर मृत अवस्थामा भेटिएका छन् ।
उनी आइतबार सोलु खोलाको अंधेरी दोभानमा डुबेर मृत अबस्थामा फेला परेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
