रेलिङ हाल्ने क्रममा खसेर मृत्यु
धनुषा, १९ चैत । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–७ कुचाई टोल स्थित रामचन्द्र ठाकुरको घरको छतमा रेलिङ हाल्ने क्रममा आइतबार एक जनाको ज्यान गएको छ ।
काम गर्ने क्रममा अचानक ३ तला माथिबाट खस्दा घाइते भएका धनुषा क्षिरेश्वरनाथ नगरपालिका–५ आदर्श टोल बस्ने ५५ बर्षीय मुरारी श्रेष्ठको जानकी मेडिकल कलेज रम्दैयामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
