३ नम्बर प्रदेशको मन्त्रीपरिषद बैठक मंगलबार बस्ने

तु खबर संवाददाता
२०७४ चैत्र १९, सोमबार १७:००
मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश नम्बर ३ हेटौँडा, मकवानपुर

हेटौँडा, १९ चैत । प्रदेश नम्बर ३ को मन्त्री परिषद बैठक यही चैत २० गते बस्ने भएको छ । बैठक मंगलबार दिउँसो १ बजेदेखि बस्ने बताइएको छ ।

बैठकमा केही विधेयक, चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम लगायतका बारेमा छलफल हुने जनाईएको छ । यसअघि चैत १६ गते बसेको मन्त्रीपरिषद बैठकले गाउँनगर सभा सञ्चालन सम्बन्धी बिधेयक, प्रदेश तथा स्थानीय तहका प्रतिनिधीहरुको सेवा सुबिधा सम्बन्धी बिधेयक, प्रदेश मन्त्रीहरुको सेवा सुविधा सम्बन्धी विधेयक अघि बढाउन सैद्धान्तिक सहमति जुटाएको थियो ।

मन्त्रीपरिषदबाट स्विकृत गाउँनगर सभा सञ्चालन सम्बन्धी विधेयक सरकारले आइतबार प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ । त्यस्तै प्रदेशसभा बैठक भने यही चैत २५ गते बस्ने तयारी भईरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*