चौघडामा १५ जना महिलालाई दुई दिने तालिम

तु खबर संवाददाता
२०७४ चैत्र १९, सोमबार १७:०७

हेटौँडा, १९ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा विभिन्न सामुदायिक वनका १५ जना महिलालाई दुई दिने लैँगिक तथा सामाजिक समावेशीकरण तालिम दिइएको छ । हेटौँडा ईलाका वन कार्यालय रातोमाटेको आयोजनामा भएको तालिम आईतबार सुरु भइ सोमबार सकिएको हो ।

रानी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा संचालन गरिएको तालिममा लैंगिक तथा सामाजिक समावेशीकरण लगायतका विषयहरुमा छलफल गरिएको थियो । तालिममा हेटौडा ईलाका वन कार्यालयकी सहायक वन अधिकृत राधिका शर्मा र फरेष्टर यदुकुमार घिमिरेले सहजीकरण गरेका थिए ।
तालिमको समापन कार्यक्रममा बोल्दै जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख प्रल्हाद प्रसाद धितालले तालिमबाट प्राप्त भएका ज्ञानहरु व्यवहारमा लागु गरी सामुदायिक वनको विकासमा लगाउन आग्रह गरेका थिए ।

तालिममा फापरबारी सेक्टर वन कार्यालयका सहायक वन अधिकृत राजेन्द्रमान राजभण्डारी, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण बिडारीले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*