जुवा तास खेल्ने ७ महिला र १० पुरुष पक्राउ
काठमाडौं, १९ चैत । काठमाडौं महानगरपालिका–१४ कुलेश्वर हाईट स्थित अजय कुमार साहको घरमा जुवातास खेलिरहेको अवस्थामा महिला र पुरुष गरि १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले १० जना पुरुष र ७ जना महिलालाई ७ बुक तास र नगद १ लाख ७६ हजार ५ सय १० रुपैयाँ सहित आइतबार नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
