समाचार

प्रदेश २ मा नीति तथा कार्यक्रम पारित

जनकपुरधाम, ०३ बैशाख । प्रदेश नम्बर २ मा सरकारको नीति तथा कार्यक्रम सोमबार बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकले प्रदेश २ को सरकारको नीति तथा कार्यक्रमलाई नेपाली कांग्रेस बाहेक सबै दलले समर्थन गरेपछि बहुमतले पारित भएको हो । गत चैत २८ गते प्रदेश २ का...

सिन्डीकेटको धम्की–बैशाख २६ गतेदेखि अनिश्चितकालिन यातायात बन्द

काठमाडौँ, ०३ बैशाख । यातायात व्यवसायीहरुले सिन्डीकेट गर्न पाउनुपर्ने मागसहित यही बैशाख २६ गतेदेखि अनिश्चितकालिन यातायात बन्द गर्ने निर्णय गरेका छन् । सिन्डिकेट हटाउन सरकारले चालेको कदमविरुद्ध यातायात व्यवसायीले त्यस्तो निर्णय गरेका हुन् । सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै व्यवसायीले आन्दोलनको निर्णय गरेका...

अब महिलालाई फिस्टुला र क्यान्सर परीक्षण नि:शुल्क

काठमाडौँ, ०३ बैशाख । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले महिलाहरुलाई फिस्टुला र क्यान्सरको परीक्षण पनि निःशुल्क गर्ने घोषणा गरेकी छिन् । सुरक्षित मातृत्व दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री अर्यालले महिलाहरुलाई फिस्टुला र क्यान्सरको परीक्षण पनि निःशुल्क गर्ने घोषणा गरेकी हुन् । यो कार्यक्रम वैशाखदेखि असारसम्मभित्र लागू गरिने स्वास्थ्य राज्यमन्त्री...

लिभिङ टुगेदरमा रहेका प्रेमीबाटै प्रेमिकाको हत्या

काठमाडौँ, ०३ बैशाख । पछिल्लो समय लिभिङ टुगेदरमा बस्न रुचाउने तन्नेरीहरुलाई झट्का दिने गरि एक घटनाको उजागर भएको छ । सामाजिक तथा विभिन्न अवस्थाबाट समेत असुरक्षित जस्तै देखिएको लिभिङ टुगेदर सम्बन्धकै कारण एक महिलाले ज्यान गुमाएकी छिन् । टोखा–७, धापासी हाइट जाने बाटोमा मृत भेटिएकी महिलाको आफ्नै ‘प्रेमी े...

मन्त्री स्थापितले मुख खोले–‘प्रदेश राजधानी हेटौँडामा राखेको बिरोधमा मुख्य मन्त्रीले नै बोल्न दिएनन्’

काठमाडौँ, ०३ बैशाख । राजधानीका विषयमा कडा रुपमा प्रस्तुत हुँदै आएपनि केही समययता चुपचाप बसेका प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले आज मौनता तोडेका छन् । लामो समयपछि पून उनले प्रदेश राजधानी हेटौंडामा राखेको आफूलाई चित्त नबुझेको बताएका छन् । ललितपुरमा सोमबार आयोजित कार्यक्रममा उनले...

हेटौंडामा सिटी बस चलाउने मेयर महतको घोषणा विवादमा —— ‘ के हो यस्तो मेयरको चाला, कता सुक्यो जनताको माला’

मकवानपुर । केही दिनअघि हेटौंडा उपमहानगरपालिकाको पत्रकार सम्मेलनमा मेयर हरिबोल महतले हेटौंडावासीलाई सहजताका लागि सिटी बस चलाउन लागेको घोषणा गरे । मेयर बहतको यो घोषणा अहिले विवादमा आएको छ । महत्वपूर्ण विषयमा नगरकार्यपालिकाको बैठकमा छलफलनै नगरी सिटी बस चलाउने घोषणा भएपछि त्यसविरुद्ध उनी आवद्ध राजनीतिक पार्टीबाट वडा अध्यक्ष निर्वाचित...

१५ जनाको ज्यान लिने ‘ध्रुवे’ हात्तीको अनौठो प्रेम !

मानिसमा जस्तै विपरीत लिङ्गीप्रतिको आकर्षण वा प्रेम जंगली हात्तीमा पनि हुन्छ भन्ने कुरालाई पाँच वर्षअघि निकै चर्चामा आएको ध्रुवे हात्तीले देखाएको छ । पाँच वर्षअघि नेपाल र भारतका विभिन्न क्षेत्रमा १५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्ती अहिले सुखीभार पोष्ट आसपासमा देखिन थालेपछि त्यहाँ कार्यरत कर्मचारी, सेना त्रसित बनेका छन्...

मनहरीमा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग कार्यक्रम

मकवानपुर, ०२ बैशाख । मकवानपुरको मनहरी गाउँपालिकामा गाउँपालिका स्तरीय मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सम्पन्न भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित धनेश्वरी महादेव जागृति बचत तथा ऋण सहकारी संस्थाको आयोजना र महिला तथा बालबालिका कार्यालय मकवानपुर र यातना पिडीत सरोकार केन्द्र नेपाल बाँसबारी काठमाडौँको...

काँग्रेसभित्र पारदर्शीता आवश्यकः नेता सिटौला

इनरुवा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र पादर्शीताको आवश्यकता रहेको बताएका छन् । काँग्रेस सुनसरीले आइतबार सदरमुकाम इनरुवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीभित्र पादर्शीता भयो भने पार्टी आफैँ अगाडि बढ्ने बताए । उनले पार्टीलाई सबै कार्यकर्ताले थाहा पाउने गरी पादर्शी बनाउनुपर्ने, लोकतान्त्रिकीकरण गर्नुपर्ने बताए । उनले...

बजार अनुगमनलाई प्रभावकारी बनाइन्छ : मन्त्री यादव

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बजार अनुगमनलाई प्रभावकारी बनाएर उपभोक्ता अधिकारलाई सम्मान गर्ने बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज पत्रकारसँग कुराकानी गर्दै उनले प्रचलित विद्यमान ऐन र कानूनका आधारमा अनुगमनलाई प्रभावकारी बनाइने बताएका हुन् । आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्रमा सशक्त बनाइने र त्यसभन्दा बाहिरको विषयमा सम्बन्धित...