हेटौँडा बसपार्कबाट युवक पक्राउ
हेटौँडा, १९ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्कबाट लागुऔषध नाईट्रोभेटसहित एक युवक पक्राउ परेका छन् । बैशाख १८ गते राति पौने १० बसे प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ४ का १८ वर्षीय श्रीभगवान सुनारलाई पक्राउ गरेको हो ।
बिरगँजबाट पोखरातर्फ जाँदै गरेको ना ४ ख ३८८६ नं।को यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा सोही बसमा सवार सुनारको साथबाट प्रतिबन्धित लागू औषध नाईट्रोभेट ६० ट्याबलेट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाले जानकारी दिए ।
