को–को मुछिए साढे ३३ किलो सुनकाण्डमा ? यस्तो छ भाग्ने र पक्राउ पर्नेको लिष्ट
काठमाडौँ, १९ बैशाख । साढे ३३ किलो सुनकाण्डको पर्दाफास हुने क्रममा ६३ जना विरुद्ध मुद्धा दर्ता भएको छ । उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणबाट सुरु भएको साढे ३३ केजी सुन प्रकरणमा बुधबार मोरङ जिल्ला अदालतमा ६३ जनाविरुद्ध मुद्दा दायर भएको हो । सुनकाण्डमा सुन तस्करीका नाइके भनिएका उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ लाई मुख्य अभियुक्त बनाइएको छ, जो अहिलेसम्म फरार छन् । गोरेको संलग्नतामा ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम बराबरको सुन तस्करी भएको भन्दै १७ अर्ब १ करोड बढी रकमको बीगो दाबी गरिएको छ । यस्तो छ सुनकाण्डमा मुछिएकाहरुको विवरण–
१. चुडामणि उप्रेती (गोरे)–मोरङ,उर्लाबारी घर भइ काठमाडौं–७, गौरीघाट बस्दै आएका ।
२. टेकराज मल्ल ठकुरी–काभ्रे, मण्डनदेउपुरी गाउँपालिका–१२
३. मोहन काफ्ले–मोरङ उर्लाबारी–४
४.सुरेन्द्र गौतम–मकवानपुर, हटिया–४ घर भइ हेटौंडा बस्दै आएका ।
५. मामा भनिने भोजराज भण्डारी –झापा गौरादह–८
६. रुस्तम मियाँ भनिने मोहमद उस्तम मियाँ– झापाको मेचीनगर–१३
७. टुकबहादुर मगर–सोलुखुम्बु, दूधकुन्ड–८
८. झापाको मेचीनगर–१३ का लाक्पा शेर्पा
९. मोरङको उर्लाबारी–२ का माधव भनिने मदनप्रसाद घिमिरे
१०. रोहित आचार्य– सिराहा, धनगढी माई नगरपालिका–१२
११.मोरङ उर्लाबारी–७ का कृष्ण भनिने नरेन्द्र कार्की
१२. उर्लाबारी–४ का भविन राई भनिने भविन तामाङ ।
१३. भारतको मोतियारी भेरियारी ग्राम पञ्चायत थाना आधापुर–१४ घर भइ गौरीघाटमा रहेको थ्री बदर्स गाडी ग्यारेजमा काम गर्दै आएका राजनकुमार ।
१४. सुनसरीको धरान–२ का कृष्ण बस्नेत ।
१५. काठमाडौं–१६ का भुजुङ गुरुङ ।
१६. सुनसरीको धरान उपमहानगरपालिका–३ घर भइ काठमाडौं–२९, अनामनगर बस्ने एमके मामा भनिने मोहनकुमार अग्रवाल ।
१७. काठमाडौं– नागर्जुन–४, शरणमपुरका डा. डेबिट भनिने छिरिङ वाङगेल घले ।
१८. सुनसरीको धरान–२ का बहुला भनिने सुनिलकुमार अग्रवाल ।
१९. झापाको शिवगञ्ज–१, हाल शिवसताक्षी घर भइ हाल काठमाडौंको चन्द्रगिरी बस्दै आएका कालु भनिने कृष्ण गोपाल अग्रवाल ।
२०. काठमाडौं–३२ का आरके भनिने राजेन्द्रकुमार शाक्य ।
२१. उर्लाबारी–७ घर भइ काठमाडौं–७, गौरीघाट बस्ने रमेश उप्रेती ।
२२. भारतको पश्चिम बंगाल दार्जिलिङ घर भइ काठमाडौंको धुमबराही चन्डौलस्थित प्रेष्टिज अपार्टमेन्टमा बस्ने चाचौजी भनिने महावीरप्रसाद गोल्यान अग्रवाल ।
२३. काठमाडौं–९, एयरपोर्ट अगाडि रहेको बाजेको सेकुवा कर्नरका चेतन भनिने चेतनाथ भणडरी ।
२४. काठमाडौं–३१, बानेश्वरस्थित भैरव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेस प्रा.लि, न्यूरोडका सञ्चालक प्रमोदकुमार श्रेष्ठ ।
२५. सुनसरीको इटहरी– का वेनु श्रेष्ठ ।
२६. काभ्रेको चलाल गणेशस्थान–६ घर भइ हाल बेथान चोक–४ बस्दै आएका हरिशरण खड्का ।
२७. झापा घर भइ हाल काठमाडौं–९ बस्ने प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल ।
२८. सिन्धुपाल्चोक लोगर्चे–७ घर भइ काठमाडौं–६, बौद्ध आरुबारी बस्ने एलबी मगर भनिने लालबहादुर मगर ।
२९. काठमाडौं–८ का चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ ।
३०. ललिपुर–१४ का सम्बिरप्रसाद तोलाङ्गे ।
३१. काठमाडौं–९ का ४५ वर्षीय बालकृष्ण श्रेष्ठ ।
३२. भक्तपुरको सूर्यविनायक–९, खत्रीगाउँका दोराम खत्री ।
३३. काठमाडौंको नागार्जुन–६ का कपिलराज पुरी ।
३४. काठमाडौं–८ का गोपालकुमार श्रेष्ठ ।
३५. ललितपुरको कन्ज्योसोम–३ का ३० वाषर््ीय तक्ले भनिने पुन्यप्रसाद लामा तामाङ ।
३६. काठमाडौं चन्द्रागिरी–१३ का हेमन्त गौतम ।
३७. काठमाडौं–१८ का राजु महर्जन ।
३८. बागलुङको साविक रेसा–४, अरिन्पटा हाल काठेखोला–७ का कमल कार्की ।
३९. काठमाडौं–१६, खरिबोटका मणिराज चौलागाईँ ।
४०. सिन्धुपाल्चोको जलजले बस्ने शिवकुमार गुभाजु ।
४१. सुनसरीको धरान–१ का घर भइ हाल काठमाडौं–३१, शान्तिनगरका वैभवन लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेश प्रा.लि., न्यूरोडका सञ्चालक ५० वर्षीय सुनिल श्रेष्ठ ।
४२. भोजपुर, दिङ्ला घर भइ काठमाडौंको कगेश्वरी मनोहरा–३, गगननगरकी आरबी भनिने रक्षा भण्डारी ।
४३. मोरङको साविक गोविन्दपुर–८ घर भइ हाल काठमाडौं बस्दै आएका अर्जुनप्रसाद खरेल ।
४४. पर्वतको साविक झोर्ले गाविस–१ घर भइ हाल पैयूँ–७ बस्दै आएका रोशन भुसाल भनिने गुप्तलाल भुसाल ।
४५. काभ्रेपलान्चोकको साविक चलाल गणेशस्थान–४ का रामहरि कार्की ।
४६. कास्कीको सािवक निर्मल पोखरी–८, हाल पोखराको लेखनाथ–२१ का प्रयास पराजुली
४७. सिन्धुपाल्चोकको बलेफी–५ का सञ्जय अधिकारी ।
४८. सिन्धुपाल्चोकको बलेफी–५ का समिर अधिकारी ।
४९. धनकुटा–४ घर भइ न्यूरोडमा वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेश प्रा.लि. सञ्चालन गर्दै आएकी गिता श्रेष्ठ ।
५०. झापा कमलगाउँपलिका–६ माइती भइ हाल मोरङको उर्लाबारीमा स्थायी घर र काठमाडौंको गौरीघाट बस्दै आएकी नर्वदा खरेल उप्रेती ।
५१. मोरङको कानेपोखरी–४ का माधव आचार्य ।
५२. मोरङको साविक गृगौलिया–२, हाल सुन्दरहरैचा–२ बस्ने ओमप्रकाश नेवार ।
५३. भक्तपुरको सूर्यविनायक–८ बस्ने ५५ वर्षीय राजन थापा ।
५४. काठमाडौं–१३, ताहाचलका अमरमान डंगोल ।
५५. बर्दिया घर भई काठमाडौं–१८ बस्नै आएका तुलाराम थारु ।
५६. मोरङको रतुवामाई–१ घर भइ काठमाडौं–३, बासबारी बस्दै आएका गोविन्दप्रसाद निरौला ।
५७. गोरखा–१४ घर भइ हाल नेपाल प्रहरीको प्रहरी जवान पदमा कार्यरत् ३७ वर्षीय विष्णुबहादुर खड्का ।
५८. चितवनको जगतपुर–७, हाल भरपुर–२४ बस्ने प्रहरी हवल्दार अम्बर बहादुर थापा मगर ।
५९. तनहुँको म्याग्दे–१ घर भइ हाल काठमाडौंको टोखा बस्दै आएका हाल नेपाल प्रहरीका प्रहरी उपरीक्षक विकासराज खनाल ।
६०. सिराहाको लाहान–६ घर भइ हाल काठमाडौं–३२, कोटेश्वर बस्दै आएका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउत ।
६१. गुल्मीको साविक तम्घास–६, स्थायी घर भइ हाल भक्तपुरको मध्यपुर थिमी घर भई हाल लोकन्थली बस्दै आइ हाल नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक पदमा कार्यरत् श्यामबहादुर खत्री ।
६२. काठमाडौं–९, रातो पुल घर भइ हाल नेपाल प्रहरी प्रहरी वरिष्ठ उपरीक्षक पदमा कार्यरत् दिवेश लोहनी ।
६३. काठमाडौंको बूढानीलकण्ठ–२ घर भई नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक पदमा कार्यरत् प्रजित केसी ।
