‘सरकारले विजनेश नदिएर प्रदेसभा बैठक स्थगित भएको होईन’–सभामुख श्रेष्ठ

तु खबर संवाददाता
२०७५ बैशाख १९, बुधबार १७:२७

–चन्द्र घलान
हेटौँडा, १९ बैशाख ।
प्रदेशसभा, प्रदेश नम्बर ३ को २०७४ माघ १८ गते सुरु भएको प्रथम अधिवेशन २०७५ बैशाख १४ गते समापन भइसकेको छ । केही उल्लेखनीय काम सहित सकिएपनि मुख्य कुराहरु अधुरो नै छोडेर प्रदेशसभाको बैठक स्थगित भएकोमा सबैले आ–आफ्ना धारणा बनाएका छन् । सरकारले बिजनेस दिन नसकेर प्रदेशसभा काम बिहिन बनेको हल्ला समेत चलेको छ । तर, प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले बाहिर हल्ला चलेको जस्तो सरकारले काम नदिएर प्रदेशसभा फुर्सदिलो बनेको भन्ने हल्ला सही नभएको बताएका छन् ।

आज प्रदेशसभाको प्रथम अधिवेशनको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा संचारकर्मीहरुको सवालमा उनले सरकारले बिजनेस नदिएका कारण प्रदेशसभा फुर्सदिलो भएको भन्ने हल्ला साँचो नभएको बताएका हुन् । ‘अहिले २०७५÷०७६ को वर्षे अधिवेशनको तयारी भईरहेको छ र यो २५ गतेभित्र अर्थमन्त्रालयले जिल्ला–जिल्लामा अन्तरक्रिया गरिरहेको छ, त्यसैले त्यसको तयारीका लागि पनि सभा स्थगित गर्न आवश्यक भएको हो ।’ उनले भने ‘सरकारले बिजनेश नदिएर स्थगित भएको होईन ।’

सभामुख श्रेष्ठले आउँदो असारको बजेट आउनुभन्दा अगाडि असार १ गते नै प्रि बजेट पारित गर्नुपर्ने भएकोले त्यससम्बन्धी तयारीका लागि सांसदहरु आ–आफ्नो क्षेत्रमा गइ कार्य गर्नुपर्ने बताउँदै प्रदेशसभा सचिवालय बैठक स्थगित भएको बताए । तर सचिवालय बैठक स्थगित भएता पनि निर्माण भएका विभिन्न समितिले आ–आफ्ना कार्यहरु गरिरहने समेत उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*