पारिश्रमीक वृद्धिका लागी (जिफन्ट)ले अभियान चलाउने

तु खबर संवाददाता
२०७५ बैशाख १८, मंगलवार २०:२३

काठमाडौं, १८ वैशाख । पारिश्रमीक वृद्धिका लागी नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले अभियान चलाउने भएको छ । श्रमिकको मासिक तलबमा ५ हजार रुपैयाँ वृद्धि गराउन तथा दैनिक ज्याला ६ सय बनाउन नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले अभियान चलाउने भएको हो ।

यसैगरी सामाजिक सुरक्षामा पनि श्रमिकको पहुँच बढि बनाउन दवाव र अभियानहरु सञ्चालन गरिने जिफन्ट अध्यक्ष विनोद श्रेष्ठद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल ट्रेड युनियन महासंघले मे दिवसको अवसर पारेर नयाँ नेतृत्व थालनी गरेको छ । विनोद श्रेष्ठको अध्यक्षतामा निर्वािचत नेतृत्वले आगामी कार्यको थालनी गर्नेछ ।

विभेद र शोषणहरुको अन्त्यका लागि वर्गीय र सामाजिक समावेशीकरणका अभियानहरु सञ्चालन गरिने, राज्यव्यवस्थाका तीनवटै तहमा श्रमिक वर्गको राजनीतिक पहुँच र शक्ति सुदृढिकरण पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*