समाचार

सुन व्यवसायीको हत्या गर्न साढे दश लाख सुपारी

काठमाडौँ, ०४ बैशाख । झापा बिर्तामोडका एक सुन व्यवसायीको हत्या गर्न साढे दश लाखको सुपारी दिइएको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार बिर्तामोडमा सुन व्यवसाय गर्दै आएका साजन मुखियाको हत्या गर्न हत्याका योजनाकार स्थानीय ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक २९ वर्षीय पारसकुमार देवले दुई जनालाई १० लाख ५० हजार रुपैयाँ...

देउवाले प्रदेश नम्बर ३ का मुख्यमन्त्रीलाई भने– राजधानी हेटौडाबाट नसार्नुहोस्

हेटौँडा / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र नसार्न ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गरेका छन् । उनले सबै किसिमले हेटौंडा उपयुक्त रहेकाले सरकारले मुकाम हेटौंडालाई नै तोकेको स्मरण गराउँदै देउवाले यहाँबाट प्रदेश राजधानी अन्यत्र नसार्न भनेको स्रोतले बताएको छ । नेपाली काँग्रेस भातृ...

प्रहरीको निशानामा ट्याक्सी, एक घण्टामा नै २५ भन्दाबढी कारवाहीमा

ललितपुर । ललितपुर ट्राफिक प्रहरीले मंगलबारदेखि ट्याक्सीको मिटर अनुसार गन्तब्यमा जान नमान्ने ट्याक्सी चालकलाई कारवाही सुरु गरेको छ । प्रहरीले अभियान चलाएरै काम थालेको हो । ट्याक्सी चालकहरुले मिटरमा जान नमानेको, अत्यधिक रकम मागेकोजस्ता गुनासा पर्न थालेपछि कारवाही अभियान सुरु गरेको हो । मंगलबार बिहानबाट अभियान सुरु गरिएको र...

छपन्न बर्षपछि लागू भयो भिक्षा निषेध कानून

पूर्णप्रसाद मिश्र काठमाडौँ – नेपालको कानून दैवले जानून् भन्ने उखानलाई चरितार्थ गर्दै एउटा कानून बनेको ५६ वर्षपछि पशुपतिनाथ मन्दिर परिसरबाट लागू हुन थालेको छ । विसं २०१८ चैत २९ गते राजा महेन्द्रबाट लालमोहर लागेको भिक्षा माग्ने निषेध ऐन पशुपतिनाथ मन्दिर परिसरबाट लागू भएको हो । भिक्षा माग्ने प्रथालाई निषेध...

खड्ग वाइवाको पहिलो आधुनिक गीत “यो जिन्दगीको ”

नेपाली आधुनिक गायनको क्षेत्रमा आफनो सिर्जनालाई लिएर आएका गायक खड्ग बाइवाको पहिलो आधुनिक गीत “यो जिन्दगीको” म्युजिक भिडियो सार्वजनिक भएको छ । किरण वाइवाको शब्द र एन वि थापा मगरको सङ्गीत रहेको गीतमा गायक खड्गले स्वर दिएका छन । सो म्युजिक भिडियोमा टिका भुजेल र सम्झना घिसिङले अभिनय गरेका...

७० हजार घुस लिने ट्राफिक प्रहरी श्रेष्ठविरुद्ध आरोपपत्र

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै घुस रकम लिनेविरुद्ध आरोप पत्र दायर गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी जवान मोतिकुमार श्रेष्ठले चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि रु ७० हजार घुस लिएको अवस्थामा आयोगले निजलाई नियन्त्रणमा लिएको जनाएको छ ।...

देउवाको आरोपः ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरण

हेटौँडा । नेपाली कांग्रेसका सभापति शेरबवहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरण हुन पुगेको आरोप लगाएका छन् । नेपाल तरुण दलको आयोजनामा आजदेखि शुरु भएको दुईदिने प्रदेश नं ३ स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै देउवाले ओली सरकारले देशमा अधिनायकवाद सुरु गरिसकेको समेत आरोप लगाएका छन्...

समातिए ठेकेदार भेटवाल, हिरासतमा राखेर थालियो अनुसन्धान

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले एपेक्स बैंकको दुई अर्ब रुपैयाँ घोटला काण्डमा एक ठेकेदारलाई पक्राउ गरेको छ । सिआईबीको टोलीले सोमबार ‘क’ श्रेणीका ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको हो । भेटवालले जग्गा धितो राखेर तत्कालिन एपेक्स विकास बैंकबाट ११ करोड ९० लाख रुपैयाँ ऋण लिएका थिए ।...

इन्धन बोक्ने ट्यांकरमा एक सय ६० किलो गाँजा बोक्ने मकवानपुरका दुई पक्राउ

काठमाडौं–एक सय ६० केजी अवैध लागू औषध गाँजासहित २ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १ सय ६० केजी अवैध लागू औषध गाँजासहित मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ का २२ वर्षीय सोमबहादुर थोकर र सोही जिल्ला कैलाश गाउँपालिका...

अबैध मालसामान छोडेर व्यापारी फरार, प्रहरीको हातमा तस्करीको सामान

–अनिल प्रित बारा, ०३ बैशाख । ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरीले आईतबार दिउँसो अबैध मालसमान नियन्त्रणमा लिएको छ । कोल्हवी बजारतिर ल्याउदै गरेको अवैध मालसमानहरु प्रहरीलाई देखेपछि छाडेर तस्करहरु भागेका थिए । कोल्हवी नगरपालिका–९ मा पर्ने श्रीपुरबाट उक्त समानहरु नियन्त्रणमा लिएको लिएको थियो । ईलाका प्रहरी कार्यालय कोल्हवीका...