दुई सयबढी महिलालाई हेटौँडामा सहकारी शिक्षा

तु खबर संवाददाता
२०७५ बैशाख २०, बिहीबार १८:१४

हेटौँडा, २० बैशाख । हेटौडा १५ मा रहेको महिला जनशक्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सहकारीमा आवद्ध रहेका शेयर सदस्यलाई सहकारी शिक्षा दिएको छ । बैशाख १९ गतेबाट सुरु भएको शिविर बैशाख २१ गतेसम्म सञ्चालन हुने सहकारीका व्यवस्थापक माया लामाले बताईन् ।

सहकारीको वार्षिक कार्यक्रम अन्र्तगत पर्ने भएकोले आवद्ध सबै शेयर सदस्यहरुलाई शिक्षा शिविरमा सहभागि गराउने उद्देश्यले सञ्चालन गरिएको तिन दिने यो शिविरमा दुई सय जनालाई तालिम दिइने र बाँकीलाई अर्को शिविरमा सहभागी गराउने व्यवस्थापक लामाले बताईन् । शिविरमा संस्थाका अध्यक्ष जुना दंगाल, लेखा समिति संयोजक मेनुका दाहाल र संस्थाका सचिव कमलाकुमारी लामाले शिविरमा सहजीकरण गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*