हेटौँडा क्याम्पसलाई २ वटा फुटबल सहयोग

तु खबर संवाददाता
२०७५ बैशाख २०, बिहीबार १८:२५

हेटौँडा, २० बैशाख । हेटौँडा क्याम्पसलाई मदन भण्डारी स्पोर्टस एकेडेमी मकवानपुरले २ वटा फुटबल प्रदान गरेको छ । कमिटीका सदस्य देवराज रुम्बाले फुटबल हस्तान्तरण गरेका हुन् ।

सहयोग ग्रहणपश्चात क्याम्पसका सहायक प्रमुख देविराम लामाले खेलकुद सामाग्री सहयोगले ठुलो अर्थ राख्ने बताए । एकेडेमीको तर्फबाट क्याम्पसमा निरन्तर सहयोग गरिरहने र खेलकुदको क्षेत्रमा केहि गरेर देखाउने रुम्बाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*