मुख्यमन्त्री पौडेलको खुलासा–‘औद्योगिक क्षेत्रभित्र जग्गा दलालीको बिगबगी’

तु खबर संवाददाता
२०७५ बैशाख २०, बिहीबार १७:५२

हेटौँडा, २० बैशाख । हेटौँडासहित देशका विभिन्न क्षेत्रमा रहेका औद्योगिक क्षेत्रहरुमा जग्गा दलालीहरुको बिगबगी बढेको हल्ला चलिरहेकै बेला प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले त्यो हल्ला सत्य भएको खुलासा गरेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज हेटौँडामा गरेको लगु उद्यमशीलता विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले औद्योगिक क्षेत्रभित्र जग्गा दलाल सक्रिय भएको बताएका हुन् ।

मुख्यमन्त्री पौडेलले नेपालमा रहेका औद्योगिक क्षेत्रमा उद्योग स्थापना भन्दा जग्गा किनबेच गर्ने काम भएको भन्दै अब त्यस्ता गतिविधिलाई अन्त्य गर्न प्रदेश सरकार कडा रुपमा लागी पर्ने समेत बताए । प्रदेशमा भएको औद्योगिक क्षेत्रहरुलाई प्रदेश सरकारको मातहतमा ल्याउनेपर्ने भन्दै उनले केन्द्रले कानुन निर्माण गर्न ढिला गरेकोले प्रदेश सरकारलाई अप्ठेरो परेको समेत सुनाए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले अहिले तालिम लिएर केहि नगर्नेको संख्या बढेको भन्दै उद्यमशीलता बढाउनको लागि तालिमसँगै काम गर्नुपर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए । कमजोर बजार स्थितितर्फ ईंकित गर्दै उनले उद्यमीले उत्पादन गरेको बस्तुको बजार ग्यारेन्टी गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । ३ नम्बर प्रदेशका मन्त्रीहरु शालिकराम जम्कट्टेल, अरुण नेपाल, दावादोर्जे लामा, युवराज दुलाल तथा प्रदेशसभा सांसदहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*