डिजल, पेट्रोल र मट्टितेलको मूल्य बढ्यो
काठमाडौँ, १९ बैशाख । बुधबार राति १२ बजेदेखि लागु हुने गरि डिजल, पेट्रोल र मट्टितेलको भाउ बढाइएको छ । नेपाल आयल निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजल र मट्टितेलमा ३–३ रुपैयाँ मूल्य बढाएको हो ।
मूल्य वृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०८ तथा डिजल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने ग्यासको भने मूल्य नबढेको जानकारी दिएको छ । खाना पकाउने ग्यासमा निगमलाई प्रतिसिलिण्डर ६४.२९ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । अहिले नेपालमा पेट्रोल भारतमा भन्दा २१.९२ र डिजेल २४.६१ रुपैयाँ सस्तो रहेको छ ।
