समाचार

चौघडा बचत नयाँ भवनमा, मुख्यमन्त्री पौडेलद्वारा उद्घाटन

हेटौँडा, ०२ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ । आज एक कार्यक्रमकाबिच प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नवनिर्मित भवन उद्घाटन गरेपछि सहकारीले नयाँ भवनबाटै सेवा सुरु गरेको हो ।...

आदिवासी जनजाति ६ बुँदे माग लिएर मुख्यमन्त्री पौडेलको कार्यालयमा

हेटौँडा, ०२ बैशाख । नेपाल सरकारले आदिवासी जनजातिका विभिन्न सार्वजनिक विदाहरुलाई कटौति गरेपछि नेपाल आदिवासी जनजाति महासंघ उक्त निर्णयको विरोधमा उत्रिएको छ । २०७५ सालको विदा कटौति गर्ने क्रममा संघीय सरकारले आफुहरुको पर्वमा दिईदैं आएको विदा कटौति भएको भन्दै उनीहरुले प्रदेश नम्बर ३ का आदिवासी जनजाति महासंघसहितको आदिवासी जनजातिका...

थामी समाजले गर्यो क्यालेण्डर सार्वजनिक

हेटौँडा, ०२ बैशाख । नेपाल थामी समाज मकवानपुरले क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार हेटौँडा १८ मा एक कार्यक्रमको आयोजना गरि क्यालेण्डर सार्वजनिक गर्नुका साथै शुभकामना आदान प्रदान कार्यक्रम गरिएको नेकपा माओवादी केन्द्र मकवानपुरका संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिए । संस्थाका धन कुमार थामीको अध्यक्षतामा...

पदमपोखरी पान्तलेमा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुँदै

–चन्द्र घलान हेटौँडा, ०२ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तलेमा आज पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर हुँदैछ । पान्तलेमा अवस्थित महिला सेवा बचत तथा ऋण सकारी संस्थाको आयोजनामा स्वास्थ्य शिविर हुन लागेको हो । संस्थाको १७ औँ स्थापना दिवसका अवसरमा आयोजना...

संकल्प पुडासैनीद्वारा विद्यालयलाई साहित्यिक पुस्तक हस्तान्तरण

मकवानपुर । नयाँ वर्षको अवसरमा साहित्यकार रामशरण पुडासैनी र पत्रकार संगीता थापाकी छोरा संकल्प पुडासैनीले लेकाली बसिफाँट माद्यमिक विद्यालयलाई एक सय थान पुस्तक हस्तान्तरण गरेका छन् । संकल्पले विद्यालयका शिक्षक यश लामालाई आफ्नै निवास हेटौंडा–४ मा साहित्यिक तथा अन्य पुस्तक हस्तान्तरण गरेका हुन् । पुस्तक लिएपछि विद्यालयका शिक्षक यश...

तरुण दलको आयोजनामा खुल्ला दौड, सविन भ्लोन पहिलो

मकवापनुर । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दल हेटौँडा–६ नम्बर इकाईको आयोजनामा आज खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ । नयाँ वषको उपलक्ष्यमा शुभकामना आदानप्रदानका साथै ५ किलोमिटर दौड प्रतियोगितासमेत भएको थियो । प्रतियोगितामा सविन भ्लोन पहिलो, सन्जिव मिजार दोस्रो र सागर लामा तेस्रो भए । प्रतियोगितामा पहिलो...

‘इमानको कुनै सीमा हुन्न, निष्ठाको कुनै निर्धारित आयु छैन’- प्रधानमन्त्री ओली

काठमाडौं १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताएका छन् । मुगुको राराबाट देशबासीका नाममा शनिबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकका समस्याहरु समाधान गर्न सरकार सक्षम रहेको उल्लेख गरे । ‘निर्वाचनको सफलतासँगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक...

आगलागीमा १४ घर जले

कलैया – महागढीमाई नगरपालिका–११ मधुरी जब्दीमा आज भएको आगलागीमा १४ वटा घर जलेर नष्ट भएका छन् भने पाँच वटा चौपाया मरेका छन् । स्थानीय भजन रामको घरबाट सल्लकेको आगोबाट धुरेन्द्र राम, रामजी राम, सुरेश राम, रामविश्वास रामलगायत १४ जनाको घर पूर्णरुपमा जलेर नष्ट हुँदा रु २५ लाख ७० हजारको...

प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहँदा कार्यक्रममै ढलेका वडाध्यक्षको मृत्यु

मुगु– रारा–कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको आज कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला मृत्यु भएको हो । ६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा आएका थिए । स्थानीय निर्वाचनमा उनी नेकपा...

पार्टी एकताबारे झलनाथ खनालले गरे यस्तो खुलासा

विराटनगर– पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र)सँग ५०–५० प्रतिशत भागबण्डामा पार्टी एकता गर्ने कुनै सहमति नभएको खुलासा गरेका छन् । विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् । सञ्चारकर्मीहरुसँग बोल्दै उनले दुवै पार्टीका अध्यक्षबीच आपसी समानता र...