समाचार

‘अहिलेको सरकार ईतिहासकै बलियो सरकार हो’– सांसद मोक्तान

हेटौँडा, ३० चैत । नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला ईन्चार्ज एवं ३ नम्बर प्रदेश संसदीय दलका उपनेता कुमारी मोक्तानले अहिलेको सरकार ईतिहासकै बलियो सरकार भएको दाबी गरेकी छिन् । माओवादी केन्द्र हेटौँडा उपमहानगरपालिका पार्टी वडा कमिटि ९ र १४ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार...

देशबासीको नाममा सम्बोधन गर्न प्रधानमन्त्री रारा उडे

काठमाडौं, ३० चैत्र । २०७५ सालमा कर्णालीको पहिलो पर्यटक बन्दै देशबासीको नाममा राराजबाटै सम्बोधन गर्ने कार्यक्रम तय गरेका प्रधानमन्त्री केपी शर्मा ओली आजै रारातर्फ उडेका छन् । चैत्र ३० गते बेलुका डोल्पाको दुनैमा रात बिताएर नयाँ वर्षको पहिलो दिन रारा पुगेर देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम अन्तर्गत प्रधानमन्त्री ओली...

नयाँ वर्ष मनाउन तिलिचोको रोजाई

मनाङ ३० चैत । नयाँ वर्ष मनाउन केही वर्षयता आन्तरिक पर्यटकको रोजाइमा मनाङ पर्न थालेको छ । नयाँ वर्ष मनाउन यहाँ आउनेमध्ये सबैभन्दा धेरैको रोजाइमा तिलिचो ताल पर्ने गरेको छ । यहाँ नयाँ वर्ष मनाउनका लागि आउने आन्तरिक पर्यटकको चाप बढेको छ । दशैँ तिहारको छुट्टीमा जस्तै नयाँ वर्ष...

विध्यार्थी भर्ना अभियान राजनीतिक अभियान बन्दै

काठमाडौँ ३० चैत । विगतमा सरकारी औपचारिकतामा सीमित विद्यार्थी कार्यक्रम नयाँ शैक्षिक सत्र २०७५ मा पहिलोपटक राजनीतिक अभियानका रुपमा मनाइँदैछ । विगतमा शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र शिक्षामा कार्यरत गैरसरकारी संस्थाहरुले मात्र भर्ना कार्यक्रम मनाउँदै आएका थिए भने यसपटक प्रधानमन्त्रीदेखि उच्च राजनीतिक तहबाट अभियानमा सहभागिता हुन...

प्रदेश सरकारले २०७५ लाई मेरो वर्ष घोषणा गर्ने

विराटनगर ३० चैत । प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान सञ्चालन गर्ने भएको राससले जनाएको छ । सामाजिक विकास मन्त्रालयले बिहीबार आठबुँदे प्रतिबद्धता सार्वजनिक गर्दै ती प्रतिबद्धता घोषणाका लागि विभिन्न कार्यक्रम गर्ने जनाएको छ । सो अभियानको शुभारम्भ नयाँ...

मुटु तथा क्यान्सर रोग अस्पताल भवनको निर्माण कार्य अलपत्र

इटहरी ३० चैत । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा पछिल्लो समयमा निर्माण थालिएको मुटु तथा क्यान्सर रोग उपचारसम्बन्धी अस्पताल भवनको निर्माण कार्य विगत ६ महिनादेखि अघि बढ्न सकेको छैन । उक्त अस्पताल भवन रु चार अर्ब ५० करोडको लागतमा निर्माण थालिएको हो । निर्माण कार्यको सुपरीवेक्षणको जिम्मेवारी दिइएको...

चन्द्र लामा अनुराग निर्देशित पहिलो म्युजिक भिडियो ‘मरेतुल्य जिन्दगी यो’ बजारमा

मकवानपुर । गीतकार चन्द्र लामा अनुरागले अब म्युजिक भिडियो पनि निर्देशन गर्न थालेका छन् । उनले पहिलो पटक निर्देशन गरेको मरेतुल्य जिन्दगी यो बजारमा आएको छ । मेलिना राईको आवाजमा रहेको गीतको संगीत पनि उनै अनुरागको छ । सयौँ गीत बजारमा ल्याइसकेका अनुरागले शान्ति राईको शब्दमा संगीत भरेका हुन्...

ट्याक्टरको ठक्करबाट १७ बर्षीय लिम्बुको मृत्यु

मोरङ ३० चैत । मोरङको (बेलबारी नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । को१२प ४६५९ नंको मोटरसाइकललाई को१त ९९१० नंको ट्र्याक्टरले बुधबार राति ठक्कर दिएको थियो । ट्र्याक्टरले ठक्कर...

पत्रकार महासंघ प्रदेश समितिः निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाल पत्रकार महासंघको आगामी वैशाख २२ गते हुने प्रदेश समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको समितिका सदस्य बालकृष्ण बस्नेतले जानकारी दिए। उनका अनुसार वैशाख २२ गते हुने निर्वाचनका लागि वैशाख ७ गते बिहान १० देखि...

खारेजीमा परेका कार्यालयका प्रमुख र कर्मचारी अन्योलमा

भक्तपुर । चैत २८ गतेदेखि जिल्लाका विभिन्न कार्यालय खारेज भएपछि कर्मचारी अन्योलमा परेका छन् । हाजिर कहाँ गर्ने, काम कहाँ गर्ने भन्नेबारेमा कार्यालयका प्रमुख नै अन्योलमा परेका छन् । संविधानले गरेको व्यवस्थाअनुसार चैत २८ गते जिल्लास्थित कार्यालय खारेज भएका हुन् । यद्यपि जिल्ला समन्वय समिति नै अन्योलमा परेपछि कर्मचारीमा...