समाचार

सुनकोशीमा पौडी खेल्ने क्रममा युवक बेपत्ता

चौतारा– सिन्धुपाल्चोकको ठूलोढुंगास्थित सुनकोशी नदीमा पौडी खेल्दा आज एक युवक बेपत्ता भएका छन् । नयाँ वर्षको उपलक्ष्यमा वनभोज खान गएका सुनकोसी गाउँपालिका–४ यमुनाडाँडा निवासी १८ वर्षीय रुपेश खड्कालाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए । बेपत्ता युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ...

न्याय सम्पादन तथा अन्य काम कारबाहीबारे जानकारी गराउन अब सर्वोच्चले दैनिक पत्रकार सम्मेलन गर्ने

काठमाडौँ – सर्वोच्च अदालतले न्याय सम्पादन तथा अन्य काम कारबाहीबारे जानकारी गराउन आइतबारदेखि दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ । अदालतबाट भएका गतिविधिबारे जानकारी गराउने उद्देश्यले आइतबारदेखि बिहीबारसम्म साँझ ५ देखि ५ः३० र शुक्रबार ३ः३० देखि ४ बजेसम्म पत्रकार सम्मेलन गरिने सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जनकारी दिए । उनले...

बिस्केटको लिङ्गो ढालियो, भैरव भद्रकालीको रथ जुधाइयो

भक्तपुर – भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो आज साँझ ६ बजेर २० मिनेटमा ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज साँझ लिङ्गो ढालिएर यो जात्रा सम्पन्न गरिएको हो । बिस्केट जात्राको चौथो दिन शुक्रबार साँझ ६ बजेर ३३ मिनेटमा भेलुखेलस्थित ल्यासिंखेलमा उठाइएको लिङ्गो आज ढालिएको हो...

नेता बानियाँद्वारा बृद्ध कल्याणलाई २५ हजार सहयोग

मकवानपुर, ३० चैत / नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृह राज्यमन्त्री एवं नेपाली काँग्रेस ३ नम्बर संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बृद्ध कल्याण केन्द्र ईपा पञ्चकन्यालाई २५ हजार ५ सय २५ रुपियाँ सहयोग गरेका छन् । जेष्ठ नागरिकहरुको सहयोगार्थ बृद्धकल्याण केन्द्रद्वारा चैत २१ गतेदेखि २९ गतेसम्म संचालन गरिएको श्रीमद्भागवत...

सात दिन भित्र सुरक्षाकर्मी फिर्ता गर्न गृह मन्त्रालयको परिपत्र

काठमाडौं / गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । सुरक्षाकर्मीलाई घरमा कामदारका रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि पहुँचको भरमा सुरक्षाकर्मीलाई व्यक्तिगत गार्ड (पिएसओ)का रुपमा राख्नेलगायतका गुनासो आएपछि गृह मन्त्रालयले आज नेपाल प्रहरी र सशस्त्र...

बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो गल्ती : प्रचण्ड

चितवन / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहोर्याएका छन् । बाँदरमुढे सहयोग समितिले आज माडीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले बाँदरमुढे पीडितको घाउमा मल्हमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक जिम्मेवारी रहेको बताए । अहिले बलियो सरकार भएको...

‘डमरुको डण्डीबियो’ मौलिक चलचित्र, यसो भन्छन् खगेन्द्र

मकवानपुर, ३० चैत । कलाकार खगेन्द्र लामिछानेले आगामी बैशाख २१ गतेदेखि देशभर प्रदर्शनमा आउन थालेको चलचित्र ‘डमरुको डण्डीबियो’ मौलिक चलचित्र मनपराउनेहरुको लागि विशेष चलचित्र भएको बताएका छन् । आज हेटौडामा चलचित्र पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका लेखक तथा कलाकार लामिछानेले ‘डमरुको डण्डीबियो’ हेर्ने दर्शक निराश हुनु...

हुप्रचौरको थिड्री रेष्टुरेन्टबाट महिला र पुरुष गरि ११ जना पक्राउ

मकवानपुर, ३० चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्रचौरस्थित थिड्री रेष्टुरेन्टबाट बिहीबार दिउँसो ११ जना पक्राउ परेका छन् । दिउँसो करिब साढे ४ बजेको समयमा प्रहरीले अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । अवाञ्छित गतिविधि भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको...

बौद्ध स्तुप पुननिर्माण गर्दा ९ करोड रुपैयाँको साढे १६ किलो सुन बढी खपत, छानबिन गर : महालेखा

काठमाण्डौ २९ चैत्र । काठमाडौ बौद्ध महास्तुप पुननिर्माण गर्दा ८ करोड ८८ लाख रुपैयाँ बराबरको १६ किलो ४२० ग्राम बढी सुन खपत भएको देखाइएको भन्दै छानबिन गर्न महालेखापरीक्षकले सुझाएको छ । महालेखापरीक्षक सरकारी आय(व्ययको अडिट गर्ने संवैधानिक निकाय हो। नेपालको संविधान अनुसार सबै सरकारी कार्यालय, नेपाल सरकारको पूर्ण स्वामित्वका...

अमेरिकी राष्ट्रपति ट्रम्पले भने ‘२०७५ नेपालीका लागि सुखद बनोस्’

काठमाडौं ३० चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाली जनताले मनाउने नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले नयाँ वर्ष २०७५ को अवसरमा नेपाली जनतालाई शुभकामना व्यक्त आर्थिक समृद्धिमा अगाडि बढ्न हौसला प्राप्त होस् भन्ने कामना समेत व्यक्त गरेका छन् । वासिंगटन डीसी राज्यका कार्यकारी सचिव...