समाचार
चलचित्र भोरलाई हेटौँडामा दर्शकको साथ
मकवानपुर, २९ चैत । चलचित्र पत्रकार संघ मकवानपुरले आज नेपाली चलचित्र भोरको च्यारिटि शो सम्पन्न गरेको छ । तराईमा रहेको दाईजो प्रथाको कथामा निमार्ण भएको चलचित्र भोरको हेटौडामा च्यारीटी सो गरिएको हो । चलचित्रको च्यारीटी सो हेरे पछि दर्शकहरुले चलचित्रको खुलेर प्रशंसा गरेका छन् । दर्शकहरु संग बसेर सिनेमा...
‘हेटौँडा बजारमा बाटो बनाउन आवश्यक, ग्रामिण भेगमा विकास पहिलो प्राथमिकता’–मेयर महत
–चन्द्र घलान मकवानपुर, २९ चैत । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले हेटौँडा उपमहानगरपालिकाका साविक ११ वडाहरुमा विकासका नाममा अब बाटोलाई सुधार गर्नु प्रमुख काम भएको बताएका छन् । त्यस्तै उनले नगरमा पछि जोडिएका बाँकी वडाहरुमा भौतिक विकासको पहिलो प्राथमिकता दिएर उपमहानगरपालिका अगाडि बढेको बताएका छन् । हेटौँडा १३ पदमपोखरीमा...
सरकारले गल्ती गर्ने कसैलाई छाड्दैन : खनाल
काठमाडौँ / पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारले गल्ती गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । बिहीबार मध्यपुरथिमिको नगदेशस्थित गणेश माध्यमिक विद्यालयमा नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको ३९ औँ शिक्षक दिवस एवं सम्मान समारोहमा उनले भने, ‘सरकार सधैं देशको नोकरको रुपमा काम गर्छ ।...
‘खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा’
महोत्तरी / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा हुने बताएका छन् । विभिन्न शिक्षक संगठनले बिहीबार बर्दिबासमा आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा उनले यही चैत २३ गते हुने भनिएको परीक्षा स्थगन भएकाले अब शिक्षकको खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा हुने...
अमेरिका बोइजको टाईटल गीत ‘आयो शहरबाट अमेरिका बोइज’ सार्वजनिक
अमेरिका बोइजको टाईटल गीत ‘आयो शहरबाट अमेरिका बोइज’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द,संगीत तथा स्वर दिपक राजको रहेको छ भने गीतलाई रिकेश गुरुङ्गले एरेन्ज गरेका हुन् । गीत रिलिज भएसँगै कभर सङ प्रतियोगिता पनि निर्माण टिमले आयोजना गरेको छ । कभर सँङ बिजेताले रु ५० हजार नगद...
पदमपोखरीमा महायज्ञ सकियो, क्याम्पस विकासका लागि ३६ लाख संकलन
–चन्द्र घलान मकवानपुर, २९ चैत । मकवानपुरको हेटौँडा–१३ स्थित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक तथा समग्र भौतिक स्तर सुधारका निम्ति चैत २१ गतेबाट भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आज समापन भएको छ । सप्ताह मुल आयोजक समितिका अध्यक्ष राजेन्द्र मैनालीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा...
बालकृष्ण ढुंगेल रिहाईको माग गर्दै उज्जन श्रेष्ठको शालिक तोडफोड
रामहरि श्रेष्ठ ओखलढुंगा । उज्जन कुमार श्रेष्ठको हत्या अभियोगमा जेल जीवन बिताइरहेका बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले श्रेष्ठको शालिक तोडफोड गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ स्थित अरुणादय माविको हाताभित्र रहेको उज्जन कुमार श्रेष्ठको शालिक बुधबार...
देशभरका जिल्ला शिक्षा कार्यालय खारेज
काठमाडौँ– सरकारले देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज गरेको छ । माध्यमिक तहको शिक्षाको कामलाई स्थानीय तहलाई जिम्मा दिने भएपछि जिल्ला शिक्षा कार्यालयलाई आजदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए । मन्त्रालयले बुधबार सबै जिल्ला शिक्षा कार्यालयलाई खारेज गर्दै एकाइ...
काठमाडौँको लाजिम्पाटबाट ५० लाख भारतीय नोटसहित २ जना नेपाली पक्राउ
काठमाडौं– प्रहरीले नेपालमा निषेधित ५ सय र एक हजार दरका झण्डै ५० लाख भारतीय रुपैयाँँ समेत २ नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका सुनिल देव वैश्य, नुवाकोटका चेतबहादुर नेपाली छन् । काठमाडौंको लाजिम्पाट क्षेत्रमा भारतीय नोटको गैरकानूनी कारोबार भइरहेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी परिसरको टोली त्यहाँ...
आदर्श साइनिङ स्टारको ५ औं वार्षिक उत्सवमा विविध कार्यक्रम
–राजु लो तामाङ सर्लाही, २९ चैत । सर्लाहीको बागमती नगरपालिका ३ धरहरामा रहेको आदर्श साइनिङ स्टार एकेडेमीले आफ्नो ५ औं वार्षिकोत्सव खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम गरी बिहीबार मनाएको छ । बागमती नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तिलक मोक्तानको प्रमुख आतिथ्यता र एन प्याब्सन सर्लाहीका सचिव प्रेमध्वज घिसिङको...










