गोले (तामाङ) वंश उत्थान समाज मकवानपुरको प्रथम जिल्ला अधिवेशन हेटौंडामा सम्पन्न

तु खबर संवाददाता
२०७५ बैशाख १५, शनिबार २१:०९

मकवानपुर १५ वैशाख । गोले तामाङ वंश उत्थान समाज मकवानपुरको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन आज हेटौंडामा सम्पन्न भएको छ । गोले तामाङ वंश उत्थान समाजका केन्द्रीय अध्यक्ष जय गोलेको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गोलेले नाङसाल बालेर उदघाटन गरेका थिए।

तामाङ समुदायभित्र गोले थरका वंशहरुलाई एकतृत गराउने उद्धेश्यका साथ स्थापना गरिएको समाजको मकवानपुर जिल्ला अधिवेशनमा गोले वंशहरुको बाक्लो सहभागिता रहेको थियो । गोले तामाङ वंश समाज मकावनपुरका अध्यक्ष मान बहादुर गोलेको सभाध्यक्षतामा भएको थियो । साथै कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डाक्टर कृष्णकुमार गोलेको विषेश आतिथ्यता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा गोले तामाङ वंश उत्थान समाजका केन्द्रीय सदस्य शुभरत्न गोले, उपेन्द्र गोले,तामाङ पत्रकार संघका केन्द्रीय सदस्य शुभराज भोम्जन,बिनायक गोले लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जय गोलेले तामाङ समुदायको पहिचानलाई बचाउन र उजागर गर्न गोले तामाङ वंश समाजले काम गर्दै आईरहेको बताए । गोलेले ,गोले वंशका ऐतिहासिक कुराहरुलाई खोज्ने र गोले स्वागे दाजुभाईहरुलाई एकताको सुत्रमा सुत्रधार गर्दै अगाढी बड्ने काम गर्दै आईरहेको समेत बताए ।

यहि अधिवेशनबाट जिल्ला समितिको नयाँ कार्यसमिति समेत चयन भएको छ । कार्यसमितिमा अध्यक्ष राजकुमार गोले (तामाङ) ,प्रथम उपाध्यक्षमा रामबहादुर गोले (तामाङ) ,द्धितिय उपाध्यक्षमा रत्नबहादुर गोले ( तामाङ ) र तृतृय उपाध्यक्षमा दिनेस गोले (तामाङ) , सचिवमा रोसन गोले (तामाङ) निर्विरोध चयन भएका छन् । त्यसैगरी सह – सचिवमा विनायक गोले (तामाङ),कोषाध्यक्षमा डोल्मा गोले स्याङ्बो सहित १९ सदस्सिय कार्यसमिति निर्विरोध चयन भएको तामाङ पत्रकार संघ मकवानपुरका सचिव दिलबहादुर लामाले जानकारी दिए ।

साथै गोले तामाङ वंश उत्थान समाजको प्रथम ऐतिहासिक जिल्ला अधिबेशनले ससस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरिक्षक डाक्टर कृष्णकुमार गोलेलाई सम्मान समेत गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*