बालकको हत्या गरि कोठामा लुकाउने पक्राउ

तु खबर संवाददाता
२०७५ बैशाख १६, आईतवार १७:२५

काठमाण्डौँ, १६ बैशाख । दुई बालकको हत्या गरि आफ्नै कोठामा शव लुकाएर फरार भएका दिलिप यादवलाई प्रहरीले पक्राउ गरेको छ। महानगरिय अपराध महाशाखाको टोलीले उनलाई केहि समय अगाडी पक्राउ गरेको एसएसपी धीरज प्रताप सिंहले बताए। उनलाई सिराहाको मदर चोकबाट पक्राउ गरिएको हो। उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यादवले करिब एक साताअघि आफ्नै ६ वर्षीय सुजन र ८ वर्षीय सुजल ‘झड्केलो’ छोराको हत्या गरेका थिए। सोमबार वैशाख १० गते बालकका हजुरआमाले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा आफ्ना नातीहरू हराएको भन्दै उजुरी दिएकी थिइन्।

बच्चा हराएको उजुरी परेपछि प्रहरीले तीव्र रूपमा खोजीमा लागेको थियो। यादवले आफूले दुबै छोरालाई हत्या गरी कोठामा लुकाएको बालकका आमालाई जानकारी दिएका थिए। बालकका आमालाई प्रेम गर्ने यादवले विराटनगर रहेकी उनलाई ‘कि तँ काठमाडौं आइजो नत्र तेरो छोराहरू मार्दिन्छु’ भनेर धम्क्याएका थिए। नभन्दै उनले ती बालकहरूको हत्या गरेर फरार भए। आमाले प्रहरीलाई घटनाबारे जानकारी दिएकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*