समाचार

मकवानपुरे शिक्षाप्रेमीको आवाज–‘संघीयता आएपछि शिक्षाको मुद्धा जटिल बन्यो’

मकवानपुर, २९ चैत । देश संघियतामा रुपान्तरण भएपछि शिक्षाका मुद्धाहरु झन जटिल बन्दै गएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । शिक्षक संगठन महिला विभाग मकवानपुरले ३९ औ शिक्षक दिवस एवं नयाँ वर्षको अवसरमा हेटौँडा क्याम्पसको सभा हलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वक्ताहरुले शिक्षाको मुद्धा जटिल बनेकोले सबै...

१ दिने सार्वजनिक विदा खारेज गर्ने निर्णय फिर्ता लिन आदिवासी जनजातिको माग

–उर्गेन तामाङ चितवन, २९ चैत । सरकारले चाडपर्वमा दिइँदै आएको १ दिने बिदा समेत कटौती गरेपछि नेपाल आदिवासी जनजाति महासंघ लगायत विभिन्न जातीय सामाजीक संघसंगठनहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलन अन्तर्गत आज आदिवासी जनजाति महासंघ चितवनले चाडपर्वमा दिँदै आएको सार्वजनिक विदा खारेज गर्ने निर्णय फिर्ता लिन माग गर्दै सरकारलाई...

महानिरीक्षकद्वयलाई दर्जायनी चिह्न प्रदान

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई आज दर्जायनी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षक खनालद्वयलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् । दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले आजबाटै आफ्नो कार्यभार सम्हाल्नुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को...

पदमपोखरीमा महायज्ञको समापन आज

मकवानपुर, २९ चैत । मकवानपुरको हेटौँडा–१३ स्थित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक तथा समग्र भौतिक स्तर सुधारका निम्ति चैत २१ गतेबाट शुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आज समापन हुँदैछ । आज दिउँसो साढे १२ बजे प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी संसदीय दलका नेता तथा पूर्व गृहराज्य मन्त्री...

हेटौँडा–फाखेल–हुमाने भञ्ज्याङ सडक विभागलाई जिम्मा दिईने, रुट पर्मिटको लागि पहल गरिने

–आश बहादुर लामा मकवानपुर, २९ चैत । जिल्ला समन्वय समिति काठामाडौँ र हेटौँडाको हिजो बसेको संयुक्त बैठकले हेटौँडा–फाखेल हुमाने सडक तत्कालका लागि सडक विभागलाई हस्तान्तरण गर्ने निर्णय भएको छ । बैठकले कुलेखानी फाखेल हुमाने भञ्ज्याङ फर्पिङ सडकको रूट पर्मिटको लागि यातायात व्यवस्था कार्यालयसंग अनुरोध गर्ने निर्णय गरेको छ ।...

बाग्मती गाउँपालिकामा कक्षा ८ को नतिजा प्रकाशन (रिजल्ट सहित)

–प्रमोद राई राईगाउँ, मकवानपुर, २९ चैत । मकवानपुरको बाग्मती गाउँपालिकाको आधारभूत तह कक्षा ८ को नतिजा एसईई परिक्षाकै ढाँचा अर्थात अक्षराङ्कन पद्धत्तिमा चैत २८ गते प्रकाशन गरिएको छ । प्रकाशित भएको नतिजा अनुसार बी र सी प्लस ग्रेड ल्याउने विद्यार्थीहरु बढी देखिएका छन् ।प्रकाशित भएको नतिजा अनुसार ए ग्रेड...

पथिक गृहमन्त्री बादलको प्रमुख राजनीतिक सल्लाहकार

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलको प्रमुख राजनीतिक सल्लाहकारमा सूर्य सुवेदी पथिक नियुक्त भएका छन् । माओवादीमा लामो समयअघिदेखि कृयाशील पथिक हाल माओवादी केन्द्रीय सचिवालय सदस्य छन् । गृहमन्त्रीले उनलाई गृहमन्त्रालयको प्रमुख राजनीतिक सल्लाहकारमा हिजो नियुक्त गरेका हुन् । माओवादी केन्द्रभित्र असल छवी भएका पथिक यसअघि सो पार्टीका बिभिन्न...

मकवानपुरकी चेली श्रृंखला बनिन् मिस नेपाल २०१८

मकवानपुर २८ चैत । मिस नेपाल २०१८ को उपाधि हेटौंडाकी श्रृंखला खतिवडाले हात पारेकी छिन् । आज भएको ग्राण्ड फिनालेबाट उनले जित हातपार्न सफल भएकी हुन् । उनको भोटीङ कोट २५ रहेको थियो । उनी मकवानपुरका माननिय मुनु सिग्देल र विरोध खतिवडाको छोरी हुन् । छोरी श्रृंखला मिस नेपाल...

शिक्षामन्त्री गिरीराजमणि पोखरेलको सम्पत्ति कति ?

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आज पत्रकार सम्मेलनमार्फत मन्त्री पोखरेलले एभरेष्ट बैंकमा रु तीन लाख ६७ हजार र नेपाल बंगलादेश बैंकमा रु १३ हजार ९९३ रहेको उल्लेख गरेका छन् । उनले एभरेष्ट बैंकमा जम्मा भएको रकम मन्त्री, संविधानसभा र व्यवस्थापिका–संसद्को...

चितवनमा विप्लवका पाँच कार्यकर्ता पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न घटनामा संलग्न भएको आशंकमा चितवनबाट पाँच जना नेकपा (विप्लव)का कार्यकर्ता पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अरुण पीडित भण्डारीमाथि मंगलबार भएको आक्रमण प्रयास र मंगलबार राति नै कालिका कन्स्ट्रक्सन प्रा.लि.मा बम विस्फोट गराएको आरोपमा पाँच जालाई...