काँग्रेस मकवानपुरको जिल्ला सम्मेलन बैशाख १७ गते हुने

तु खबर संवाददाता
२०७५ बैशाख १५, शनिबार १९:५३

मकवानपुर १५ बैसाख । नेपाली काँग्रेस मकवानपुरको जिल्ला सम्मेलन यही बैसाख १७ गते हेटौंडामा हुने भएको छ ।

काँग्रेस मकवानपुरले शनिबार पार्टी कार्यालयमा गरेको पत्रकार सम्मेलनमा बैशाख १७ मा सम्मेलन गर्ने जानकारी दिदैं सो सम्मेलनमा केन्द्रीय सदस्य, एवं प्रखर वक्ता गगन थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका प्रवक्ता प्रदिप कोईरालाले जानकारी दिए ।

सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको बताउँदै प्रवक्ता कोईरालाले उद्घाटन समारोहमा एकहजार भन्दा बढी नेता कार्यकर्ताको सहभागिता हुने अनुमान रहेको बताए । पत्रकार सम्मेलनमा पार्टीका उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्धलामालगायतको उपस्तिथि रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*