भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिन भ्रमणमा
काठमाण्डौ १५ बैसाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको दोस्रो दिन शनिवार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग केही महत्वपूर्ण मुद्दामा छलफल गरेका छन् ।
मोदी र सीवीच चीनको शहर वुहानमा इस्ट लेकमा भेट भयो ।
दुवै नेताले नाउको पनि सवारी गरे ।
समाचार एजेन्सी पीटीआइले भारतीय विदेश सचिव विजय गोखलेको हवाला दिदै दुई नेताले आतंकवादको साँझा खतरा बताएको र यसलाई रोक्न सहयोग बढाउने विषयमा प्रतिबद्धता जनाएको उल्लेख गरेको छ ।
त्यहीँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो टिव्टर एकाउन्टमा दुई नेतावीच भएको कुराकानी उल्लेख गरेका छन् र तस्वीर सार्वजनिक गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले तस्वीरसँगै लेखेका छन्, ‘राष्ट्रपति सी जिनपिङ र मैले आज विहान पनि विचार विमर्श जारी राख्यौँ । वुहानको इस्ट लेकमा हिडिरहेका केही तस्वीर । हामीले दुई देशकोवीच द्धिपक्षीय सम्बन्धका विभिन्न पक्षमाथि कुराकानी गर्र्यौँ ।’
अर्को महत्वपूर्ण अन्तर्राष्ट्रिय वार्ता : किन मोदी–सीबीचको भेटले अर्थ राख्छ ?
मोदीले लेखका छन्, ‘चियासँगै सार्थक वार्ता । भारत–चीन बलियो दोस्ती हाम्रो देशका लागि र पुरा संसारका लागि फायदेमन्द हुनेछ ।’
यसबाहेक मोदीले लेखेका छन्, ‘राष्ट्रपति सी जिनपिङसँगको कुराकानी भारत–चीन सहयोगका विभिन्न क्षेत्र मा केन्द्रित थियो । हामीले आफ्नो सहयोगलाई गति दिने तरिकामाथि कुरा गर्यौँ । कृषि, विज्ञान–प्रविधि, उर्जा र पर्यटनको विषयमा पनि कुरा भयो ।
रासस
