प्रदेश ३ को स्थायी राजधानी कहाँ ? यसरी गर्दैछ प्रदेशसभाले निर्णय

तु खबर संवाददाता
२०७५ बैशाख १४, शुक्रबार १८:४२

हेटौँडा, १४ बैशाख । प्रदेश नम्बर ३ को स्थायी राजधानीका विषयमा चर्काचर्की बहस पहिलेदेखि नै भए पनि प्रदेश ३ को स्थायी राजधानीका विषयमा भने आजदेखि प्रदेशसभामा निर्णायक छलफल सुरु भएको छ । प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा आज बसेको प्रदेशसभा बैठकले प्रदेश ३ को स्थायी राजधानीको स्थान अध्ययन गर्नको लागि विशेष समिति निर्माण गरेर आजदेखि औपचारिक रुपमा सुरुवात गरिएको हो ।

आज बनेको समितिमा एमालेबाट ५ जना, कांग्रेस र माओवादीबाट २–२ जना, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नेपाल मजदुर किसान पार्टी र विवेकशील साझाबाट एक–एक जना गरी १३ जना सदस्य रहेका छन् । समितिमा एमालेबाट दिपक निरौला, सरस्वती बस्नेत, विजय सुवेदी, वसन्त मानन्धर, डा. रामकुमार अधिकारी सदस्य रहेका छन् । त्यस्तै माओवादीबाट विशाल खड्का र जगत शिंखडा, कांग्रेसबाट छिरिङ दोर्जे लामा र प्रभात तामाङ सदस्यका रुपमा रहेका छन् ।

त्यस्तै नेमकिपाबाट सुरेन्दराज गोसाई, राप्रपाबाट रिता माझी, विवेकशील साझा पार्टीबाट विराजभक्त श्रेष्ठ, राप्रपा प्रजातान्त्रिकबाट रिना गुरुङ सदस्य रहेका छन् ।

यो समितिले राजधानीका लागि सम्भावित ठाउँको अध्ययन गर्नेछ । समितिलाई अध्ययनका लागि एक महिना समय दिइएको छ । प्रदेश ३ को राजधानीका लागि हालसम्म काभ्रे,नुवाकोट र भक्तपुरका सांसदहरूले माग दावी गर्दै संसदमा निवेदन दर्ता गराएका छन् भने मकवानपुरको हेटौँडामा नै स्थायी राजधानी बनाउनुपर्नेमा प्रमुख प्रतिपक्ष दलका नेताहरुका साथै मकवानपुरे संघसंस्थाले लबिङ गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*