समाचार

बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने : मन्त्री थापा

विराटनगर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालिका, अपाङ्ग र महिलामा हुने बलात्कारका घटना न्यूनीकरण गर्न आजीवन कारावासको सजायको कानून निर्माण गर्नुपर्ने बताएकी छन् । अखिल नेपाल महिला संघ मोरङद्वारा आज यहाँ स्वागत बधाई कार्यक्रममा उनले वर्तमान अवस्थाको कानूनले बलात्कारका घटना रोक्न नसकिएकाले सर्वश्वहरणसहितको कडा कानून निर्माणमा...

गृह मन्त्रालयद्वारा डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत

काठमाडौं– गृहमन्त्रालयले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले डिआइजी खरेलको राजीनामा स्वीकृत गरेका हुन् । सरकारले नेपाल प्रहरीको २६ औं आइजीपीमा मंगलबार साँझ डिआइजी सर्वेन्द्र खनाललाई नियुक्ति गरेलगत्तै खरेलले राजीनामा दिएका थिए । बुधबार गृहमन्त्री थापाले उनको राजीनामा स्वीकृत गर्नुभएको गृह मन्त्रालयका प्रवक्त...

उपमहानगरपालिकाभित्रका नागरिकको सर्वोत्तम हीतलाई ध्यानमा राखेर काम हुन्छ : मेयर महत

मकवानपुर । हेटौंडा उपमहानगरपालि मेयर हरिबोल महतले उपमहानगरपालिकाको विकासका लागि आफूहरु क्रियाशील भएको बताएका छन् । आज उपमहानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर महतले उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको सर्वोत्तम हितका लागि काम गर्न र त्यस अनुकुल योजना बनाउन आफ्नो तर्फबाट प्रयास भइरहेको बताएका हुन् । उपमहानगरपालिका सबैको भएकाले...

काँग्रेस नेता खड्काप्रति हेटौँडामा श्रद्धाञ्जलीसभा

हेटौंडा, २८ चैत । नेपाली काँग्रेसका नेता एवं केन्द्रीय सदस्य, पूर्व महामन्त्री तथा नेपाल सरकारको गृहमन्त्रालयलगायत विभिन्न मन्त्री पदको जिम्मेवारी सम्हालेका स्वर्गीय खुमबहादुर खड्काको स्वर्गारोहणको १३ औं दिनको पुण्यतिथिमा नेपाली काँग्रेस मकवानपुरले बुधबार श्रद्धाञ्जली सभा आयोजना गरेको छ । मकवानपुर पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै काँग्रेस मकवानपुर सभापति, पूर्व...

हेटौँडा–१५ को शैक्षिक अवस्था सुधार बारे छलफल, विषयगत शिक्षकको अभाव

मकवानपुर, २८ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ मा वडाको समग्र शैक्षिक अवस्था सुधार बारे छलफल भएको छ । आज वडा नम्बर १५ का वडाअध्यक्ष महारत्न लामाको अध्यक्षतमा बसेको बैठकमा वडा सदस्यहरु, वडा नम्बर १५ का ८ वटा विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु तथा मयुरधाप श्रोतकेन्द्रका...

पदमपोखरी महायज्ञमा भक्तजनको भिड, सांसद बानियाँद्वारा सहयोग

–चन्द्र घलान मकवानपुर, २८ चैत । मकवानपुरको हेटौँडा–१३ स्थित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक तथा समग्र भौतिक स्तर सुधारका निम्ति चैत २१ गतेबाट शुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आज पनि जारी छ । आज साँझ लाखबात्ती बालेर जागाराम बस्ने कार्यक्रम सहित भोलि औपचारिक रुपमा सप्ताहको समापन गरिने भएको...

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

मकवानपुर, २८ चैत । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको...

प्रहरीद्वारा वैदेशिक रोजगार विभागबाटै २९ जना विचौलिया पक्राउ

मकवानपुर २८ चैत । वैदेशिक रोजगार विभागबाट प्रहरीले २९ जना विचौलियाहरुलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई १० गुणासम्म बढी रकम असुलेको , र सिधैं कार्यालयमा जान नदिने जस्ता गुनासो आएपछि आज प्रहरीले ३ जना महिला सहित २९ जनलाई पक्राउ गरेको हो । सेवाग्राही बनेर काठमाण्डौको ताहाचलस्थित...

आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै खरेलद्वारा राजीनामाको घोषणा

काठमाडौँ । सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक आईजीपी नियुक्त गरेपछि दोस्रो बरियताका रमेश खरेलले राजीनामा दिने भएका छन् । नयाँ पत्रिका दैनिकका सुजित महतसँग कुराकानी गर्दै खरेलले आजबाट राजीनामा दिने घोषणा गरेका हुन् । नेपाल प्रहरीका डीआईजीहरु खनाल, खरेल र पुस्कर कार्कीमध्ये एक जना प्रहरी महानिरीक्षक हुने संभावना थियो...

पदमपोखरीमा आज भव्य कन्सर्ट, कार्टुन्ज क्रियु र सविन राईले धुम मच्चाउने

-चन्द्र घलान मकवानपुर, २८ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज बुधबार युवाहरुमाझ चर्चित डान्स ग्रुप कार्टुन्ज क्रियुले धमाकेदार प्रस्तुति दिने भएको छ । नयाँ वर्षको अवसर पारेर हुन गइरहेको बृहत साँस्कृतिक कार्यक्रममा उनीहरुले प्रस्तुति दिन थालेका हुन् । युवाहरुको ढुकढुकी बन्न सफल समूहले विभिन्न गीतमा...