मकवानपुरमा चट्याङ लाग्दा दुई जना घाईते
मकवानपुर, १६ बैशाख । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ हर्कपुरमा आइतबार चट्याङ लागेर २ जना घाईते भएका छन् ।
हर्कपुरका २७ वर्षिय कैलाश भोम्जन र १९ वर्षिय सुकराम थोकर चट्याङले लागेर घाईते भएका हुन् । घाईतेहरुको शिखरपुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
