ऊँ दिव्य मन्दिरको शान्ति र्याली हेटौँडा बजारदेखि त्रिवेणीधामसम्म

तु खबर संवाददाता
२०७५ बैशाख १७, सोमबार १४:०७

हेटौँडा, १७ बैशाख । ऊँ दिव्य मन्दिर त्रिवेणीधाम (दिव्य केन्द्र) ले २५६२ औँ बुद्ध जयन्तीका अवसरमा सोमबार बिहान मकवानपुरको हेटौँडामा शान्ति र्याली निकालेको छ ।

केन्द्रले विभिन्न भेषभुषासहित सजिएका धर्मालम्बीहरुको सहभागितामा र्यालीको आयोजना गरेको हो । हेटौँडाको शान्ति टोलबाट सुरु भएको र्यालीले बुद्धचोक, बसपार्क र पूनः बुद्धचोक हुँदै कर्रा, सिमेन्ट रोडदेखि त्रिवेणीधामसम्म परिक्रमा गरेको थियो । र्याली पश्चात हेटौँडा ९ मा अवस्थित त्रिवेणीधाममा पुजाआज, नाचगान सहित प्रसाद ग्रहण गरि कार्यक्रमको समापन गरिएको केन्द्रकी सदस्य तारा मोक्तानले जानकारी दिईन् ।

र्यालीमा गुरु बालकुमारी मोक्तान, गुरु गोमा बस्नेतसहित केन्द्रका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम मुख्य गुरु बालकुमारी मोक्तानको संयोजनमा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*