हेटौँडाको बुद्धचोकमा दिप प्रज्वलन, भोलि बिहान र्याली हुने
हेटौँडा, १६ बैशाख । २५६२ औँ बुद्ध जयन्तीका अवसरमा आईतबार साँझ हेटौँडाको बुद्धचोकमा दिप प्रज्वलन गरिएको छ । ह्याङ्ला तामाङ समाज, हेटौडाको आयोजनामा दिप प्रज्वलन तथा लामागुरुबाट पुजा गरिएको हो ।
दिप प्रज्वलनका क्रममा लामा गुरु शेरप दोर्जे लामा, जीवन लामा लगायतले पुजा गरेका थिए । दिप प्रज्वलनमा ह्याङ्ला तामाङ समाज मकवानपुरमा अध्यक्ष आत्माराम मोक्तान, महासचिव सुवास सिन्तान, पाल्साङ लामा, तामाङ पत्रकार संघ मकवानपुरमा अध्यक्ष चन्द्र घलान, सचिव दिलबहादुर लामा लगायतको उपस्थिति रहेको थियो ।

बुद्ध जयन्तीकै अवसरमा भोलि बिहान ८ बजे हेटौँडा बसपार्कको साङ्तोक पलरी गुम्बाबाट बृहत र्यालीको आयोजना गरिने भएको छ । र्यालीले बजार परिक्रमा गरिसकेपछि गुम्बा परिसरमा वाङ अभिषेक तथा प्रसाद ग्रहण गरेर सकिनेछ । मकवानपुरे तामाङ सहित लामा गुरु, तामाङ गुठीका सदस्यहरु समेत तामाङ भेषभुषामा सजिएर र्यालीमा सहभागी हुने बताइएको छ ।

