हेटौंडाको हर्नामाडीमा बुद्धको मूर्ति शिलान्यास, करीब १ करोड लागतमा मूर्ति स्थापना गरीने

तु खबर संवाददाता
२०७५ बैशाख १७, सोमबार २१:१९

मकवानपुर १७ बैसाख । २५६३ औं बुद्ध जयन्तीको अवसरमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ हर्नामाडीमा गौतम बुद्धको मूर्तिको शिलान्यास गरिएको छ । शिलान्यास कार्यक्रममा हेटौंडाका बसन्तमान श्रेष्ठले एक लाख ११ हजार एक सय ११ रुपैया सहयोग गरेका छन्, त्यसैगरी ।
लायन्स अफ क्लब अफ काठमाडौं बौद्धले २ लाख ७३ हजार सहयोग गरेको छ । रिह्रो बुद्ध गुम्बा विकास समिति र बुद्ध मूर्ति स्थापना समिति हेटौंडा १८ हर्नामाडी गुम्बाडाँडाको आयोजनामा भएको कार्यक्रममा हेटौडा उप महानगरपालिकाका उपमेयर मिना लामाको प्रमुख अतिथ्यतामा भएको थियो ।
स्रोतको जानकारी अनुसार करीब १ करोडको लगानीमा मुर्ती स्थापना हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*